अवैध निर्वाचन समिति बनाएको भन्दै दोलखा उद्योग वाणिज्य संघमा तालाबन्दी

दोलखा ११ फागुन
यही फागुन १३  गते गर्ने भनिएको दोलखा उद्योग वाणिज्य संघको २३ औं साधारणसभा एवं अबिधेशन सम्पन्न गर्न संघको कार्यसमितिले अवैध ढंगबाट निर्वाचन समिति बनाएको भन्दै व्यवसायीहरुले संघको कार्यालयमा तालाबन्दी गरेका छन् ।
निवर्तमान अध्यक्ष सहित १९ सदस्यीय कार्यसमिति रहेको दोलखा उद्योग वाणिज्य संघमा बहुमत नपुग्नेगरी ९ जनाले मात्र हस्ताक्षर गरी निर्वाचन समिती बनाएको भन्दै व्यवसायीहरुले संघको कार्यालयमा तालाबन्दी गरेका हुन् । व्यवसायीहरुले दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेललाई भेटेर ज्ञापन पत्र बुझाउदै तत्काल साधारणसभा स्थगित गरि बैधानिक ढंगबाट साधारणसभ ागर्न आग्रह गरेका छन् । व्यवसायीहरु सन्तोष रिमाल , नारायण बहादुर श्रेष्ठ , प्रविण श्रेष्ठ लगाएत दर्जनौंको संख्यामा जिल्ला प्रशासन कार्यालय पुगेर अवैध निर्वाचन समिति बनाएको , संघको विधानविपरित १०५ जना सदस्यलाई जवरजस्ती मतदान प्रकृयामा सहभागी गराउन लागेको जस्ता दर्जनौं आरोप लगाउदै तत्काल साधारणसभा स्थगित गर्न माग गरेका छन् । उनिहरुले यदि साधारणसभा स्थगित नगरी जबरजस्ती गर्न खोजे आन्दोलनको बेहरी सुरु गर्ने जनाएका छन्  । यता दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले समस्या आएको भन्दै तत्काल कार्यसमितिको बैठक बोलाएर निर्णय लिने बताएका छन्  । उनका अनुसार चौतर्फी समस्या सृजना भएकाले साधारणसभागर्ने या स्थगित गरी केही दिन पछि मिति तोक्ने विषयमा बैठकबाट निर्णय हुने बताएका छन् । दोलखा उद्योग वाणिज्य संघले २०७९ असार ३० गते १०५ जना नयाँ व्यवसायीहरुलाई नयाँ सदस्य बनाउने निर्णय गरेको थियो । संघको विधान अनुसार सदस्य बनेको एक वर्ष अर्थाात ३६५ दिन पुरा भएपछि मात्रै नयाँ सदस्यहरुले संघको निर्वाचनमा उम्मेद्धार बन्न र मतदान गर्न पाउने व्यवस्था भएको उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ ।

Back to top button