प्राधिकरणको भन्दा झन्डै ३ गुणा महङ्गो सहकारीले बितरण गरेको बिजुली

दोलखा । नेपाल विद्युत प्राधिकरणले बितरण गरेको बिजुली भन्दा सहकारि संस्थाले बितरण गरेको बिजुली महशुल झन्डै ३ गुणा महङ्गो रहेको पाइएको छ।
दोलखाको तामाकोसी गाउँपालिका ५ किर्नेटारमा रहेको खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले स्थानीयहरुलाइ महँगो शुल्क लिएर बिजुलि बितरण गरेको पाइएको हो ।

नेपाल विद्युत प्राधिकरणले स्थानीयलाई २० युनिट बिजुलिको महशुल ३० रुपैया लिने गरेको छ, तर किर्नेटारमा कार्यालय रहेको सो विद्युत सहकारिले भने २० युनिट बिजुलीको महशुल ८० रुपैया लिने गरेको स्थानीयले गुनासो गरेका छन । रामेछापको फुलासी बेताली, खिम्ती लगायत र दोलखा तामाकोसीको शहरे,हावा, च्यामा र जिरिको ठुलोपातलका स्थानियहरु सहकारीले महँगो शुल्क लिएर विद्युत बाल्न बाध्य भएका छन ।

तामाकोसी – ५ का एक स्थानीयले छेउकै घरमा मासिक ३० रुपैयाँ तिरेर बाल्ने  गरेको तर आफूले भने मासिक ८० रुपियाँ तिरेर बाल्नुपरेको बताउनुभयो । घरमा धेरै बत्ति नि बल्दैन तर छिमेकीको भन्दा महँगो शुल्क तिर्नुपरेको धेरै भयो, हाम्रो लागि बोलिदिने पनि कोहि नभएको उहाँको भनाइ छ ।

दोलखा र रामेछापका गरि करिब १४ हजार उपभोक्ताले सो सहकारीले बितरण गरेको बिजुली लामो समय देखि महँगो शुल्क तिरेर बाल्ने गरेका छ्न ।

सो भेगका उपभोक्ता हरुले छिटोभन्दा छिटो विद्युतको महसुल घटाउन माग गरेका छन।

Back to top button