दोलखा महोत्सवको तयारी ९० प्रतिशत पुरा

सुजन काफ्ले                                              चरीकोट, फागुन १६ गते

जिल्लाको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको दोलखा महोत्सवको तयारी ९० प्रतिशत पूरा भएको छ । दोलखा चेम्बर अफ कमर्सको आयोजना फागुन १९ गतेदेखि २७ गतेसम्म सदरमुकाम चरीकोटको टुडिखेलमा गर्न लागिएको महोत्सवमा १ सय ५ वटा स्टलहरुले रहेको आयोजकले जनाएको छ ।
महोत्सवलाई करिब ४० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा लिइएको दोलखा चेम्बर अफ कमर्सका उपाध्यक्ष रुद्रजङ्ग बुढाथोकीले बताउनुभयो । उहाले महोत्सव अवधिभर करिब १० करोडको आर्थिक कारोबार हुने र महोत्सव संचालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने समेत बताउनुभयो । महोत्सव स्थल प्रबेशमा टिकट शुल्क ४० रुपैयाँ निर्धारण गरिएको र विद्यार्थी र जेष्ठ नगरिकलाइ ३० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ।

२०७२ सालको भूकम्प र कोभिड १९ को कारण सुस्ताएको दोलखाको आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ दोलखा महोत्सव आयोजना गर्न लागिएको थियो ।
महोत्सवको नेपाल सरकारका उपप्रधानमन्त्री तथा भैतिक पुर्वाधार मन्त्री नारायण काजी श्रेष्ठले उद्घाटन गर्नुहुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न कला र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिने जानकारी दिए ।महोत्सवमा जिल्लाका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिने, पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउने समूहबीच प्रतियोगिता, खैंजडी भजन लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सवका लागी चरीकोट बजार रङ्गीचङ्गी बनाइएको र सार्वजानिक सबारी साधनमा पोस्टर टास्ने र दिनहु माइसकिङ गरिरहेको आयोजकले जनाएको छ।

त्यस्तै स्ट्रिट फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोशी हाईड्रोपावर आयोजनाको सेयर अभौतिकीकरण शिविर लगायतका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामाग्रीहरुका साथै वालवालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था गरिएको बताए ।

Back to top button