तामाकोसीका स्वास्थ्यकर्मीलाई १४ दिने पोषण सम्बन्धि तालिम

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले स्वास्थ्यकर्मीलाई १४ दिने तालिम प्रदान गरिएको छ ।गाउँपालिकाको स्वास्थ्य शाखाको दुई चरणमा आयोजना गरिएको तालिम मंगलबार सप्पन्न भएको हो ।
कार्यक्रमको समापन गर्दै तामाकोसी गाउँपलिका अध्यक्ष प्रोण प्रताप केसिले स्वास्थ्य क्षेत्रमा तामाकोसीलाई अब्बल बनाउने स्वास्थ्यकर्मी नै रहेको बताउदै पोषणको क्षेत्रमा पनि गाउँपालिकालाइ नमुना बनाउन गरि काम गर्न आग्रह गर्नुभयो ।
तालिम लिएर ब्यवहारमा लागू गर्नुपर्ने उहाँको भनाइ छ।

सात दिनको तालिममा पोषण सम्बन्धी बृहत बिषयबस्तुहरुको प्याकेजमा ज्ञान ,सीप तथा ब्यबस्थापकीय पक्षको क्षमतामा अभिबृद्धि गर्ने उद्येश्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले अरुण कुमार मिश्रले बताउनुभयो ।

१४ दिन देखि गाउँपालिकाको कार्यालयमा संचालन गरिएको कार्यक्रममा तामाकोसी गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

Back to top button