
खै किन किन मन थाम्नै सकिन..
प्रदेश हिडेका बा लाई नजाउ भनी रोक्नै सकिन!
मन लागेको थियो, तिम्रो उमेर गयो भन्न,
मन लागेको थियो, तिमिलाई अब म पाल्छु भन्न!
पैसा थिएन त, बिश्वास दिलाउन सकिन..
खै किन किन मन थाम्नै सकिन!
सानले “मेरो छोरो छ” भन्ने बन्न मन थियो..
तिम्रो दुख देख्दा डाँको छोडेर रुन मन थियो!
फेरि आफन्तको नजरमा कायर बन्न सकिन..
प्रदेश हिडेका बा लाई नजाउ भनी रोक्न सकिन!!
बुढा बुवाआमा तिम्रो, तिमि गएको दिन गन्दै छन
मेरी आमा मेलापातमा सम्झी रुदै छिन!
म पो खत्तम, मैले पैसा कमाउन सकिन..
तिम्रो खुसी टाढा थियो फिर्ता ल्याउन सकिन
खै किन किन मन थाम्नै सकिन..!
साथी जस्तै थियौ तिमि, त्यहि नी मन खोल्न सकिन।
बिदाईका हात हल्लाउदा हलाउदै आशु झर्यो,
खै किन किन मन थाम्नै सकिन..
प्रदेश हिडेका बा लाई नजाउ भनी रोक्नै सकिन!!
अशिम खड्का शैलुङ – ६ फस्कु, दोलखा