पेट्रोल सेवनका कारण दोलखामा एक बालकको मृत्यु

चरिकोट ,चैत ८ गते
पेट्रोल सेवनका कारण दोलखामा एक बालकको मृत्यु भएको छ ।जिल्लाको कालिञ्चोक गाउँपालिकाका नाबालकको पेट्रोल सेवनबाट मृत्यु भएको हो । गाउँपालिकाको सिँगटी बजारमा व्यवसाय गर्दै आउनुभएका कालिञ्चोक– ९ सुन्द्रावतीका मुरारी सेढाईंका २१ महिने छोरा सक्षम सेढाईंको पेट्रोल सेवनबाट मृत्यु भएको परिवारले जनाएको छ ।
बुधबार बिहान करिब १० बजे घरमा राखेको पेट्रोल बालकले सेवन गरेका थिए । बाबु मुरारीले बाइकमा पेट्रोल हालेर पाइपसहित कोठामा राखेको पेट्रोल बालकले सेवन गरेको परिवारको भनाई छ ।
पेट्रोल सेवनबाट बेहोस भएका बालकलाई सिँगटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल, दोलखा अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले बताउनुभयो । बच्चाको पोष्टमाटम गरि परिवारको जिम्मा लगाइएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Back to top button