
दोलखा ।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको बाग्मती प्रदेश सचिवमा दोलखाका गोपाल तिमल्सिना निर्वाचित भएका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनले तामाकोसी गाउँपालिका -४ मालुका तिमल्सिनालाई प्रदेश सचिवमा सर्वसम्मत निर्वाचित गरेको हो।
तिम्ल्सिना तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको प्रथम सम्मेलन चैत्र २१ र २२ गते काठमाडौमा सम्पन्न भएको हो ।