यबो प्राथमिक विद्यालयका विद्यार्थीले पाए शैक्षिक सामाग्री

दोलखा । जिल्लाको बैत्यश्वर गाउँपालिका -८ क्षेत्रपामा रहेको यबो प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ  शैक्षिक सामाग्री बितरण गरिएको छ ।

न्यु भिजन ग्रुप दक्षिण कोरियाको सहयोगमा  सो विद्यालयका विद्यार्थीहरूलाइ शैक्षिक सामाग्री वितरण गरिएको हो  ।

“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा सो संस्था स्थापना भएको थियो ।

२०८० बैशाख ८ मा एक विशेष कार्यक्रम गरि उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला, जमेट्री बक्स, पेन्सिल सेट, कलम, कापी लगायतका शैक्षिक सामाग्री वितरण गरिएको  संस्थाले जनाएको छ । कार्यक्रममा वडा कार्यालयले विद्यार्थीलाई भलिबल , फुटबल, ब्याडमिन्टन, चेस लगायतका खेलकुद सामाग्री समेत प्रदान गरेको थियो ।

Back to top button