अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य जाँच सगै परिचयपत्र बितरण

सुजन काफ्ले                                              बैशाख, १५ गते
दोलखाको तामाकोसी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी स्वास्थ्य जाँच सगै नयाँ परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी आइतबार र सोमबार परिचयपत्र वितरण गरेको हो ।
२ दिनमा विभिन्न वर्गका गरी ५८ जनालाई पचियपत्र बितरण गरिएको तामाकोसी गाउँपालिकाका सुचना अधिकारी पवनराज फुयालले बताउनुभयो । कार्यक्रममा १ सय ६५ जनाको स्वास्थ्य उपचार तथा औषधि वितरण गरिएको फुयालले बताउनुभयो ।
परिचयपत्र प्राप्त गर्नेमा वडा नं १ भिरकोटका ‘ख’ वर्गका आठ ,‘ग’ वर्गका पाँच र ‘घ’ वर्गका दुई गरी जम्मा १४ जना रहेका छन ।
वडा नं २ झुलेमा ‘ख’ वर्गका पाँच र ‘ग’ वर्गका दुई गरी सात जनाले परिचयपत्र पाएका छन ।वडा नं ३ जफेमा ‘ख’ वर्गका दुई, ‘ग’ वर्गका नौ, ‘घ’ वर्गका एक गरी १२ जनाले परिचयपत्र पाएका छन । वडा नं ५ मालुका‘ख’ वर्गका दुई, जनाले परिचयपत्र पाएका छन् ।
वडा नं ४ शहरेका ‘ग’ वर्गका एक र ‘घ’ वर्गका एक गरी दुई जनाले परिचयपत्र पाएका छन् ।वडा नं ६ च्यामाका‘क’ वर्गका दुई, ‘ख’ वर्गका दुइ ‘ग’ वर्गका ६ ,र ‘घ’ वर्गका दुई गरी १२ जनाले परिचयपत्र पाएका छन् ।
वडा नं ७ हावाका‘ख’ वर्गका एक र ‘ग’ वर्गका सात गरी आठ जनाले परिचयपत्र पाएका छन् ।
यसखाले कार्यक्रमबाट अपाङ्गता भएकाहरुको वास्तविक स्थितिको पहिचान हुनुका साथै तिनको संरक्षण तथा उपचारमा सहजता आउने गाउँपालिकाले जनाएको छ । जन्मजात वा प्राकृतिक तथा दैविक प्रकोपबाट भएको अपाङ्गताका आधारमा वर्गीकरण गरी परिचयपत्र दिने गरिएको गाउँपालिकाले जनाएको छ ।

Back to top button