लापिलाङ पहिरोको ३ वर्ष : विस्थापितलाई अझै बासको चिन्ता

सुजन काफ्ले                                             बैशाख, १५ गते
दोलखाको कालिन्चोक गाउँपालिका ५ लापिलाङको रानीबनमा पहिरो खसेको ३ वर्ष बितेको छ । तर पहिरो प्रभावितहरुको पिडा भने अहिले पनि उस्तै छ । उनिहरुको बसोबासको अझै ठेगान लाग्न नसक्दा कष्टकर जिवन बिताउन बाध्य भएका छन । ३ वर्षअघि रानीवन पहिरो माथि बाट खस्दा करिब २ सय घर विस्थापित भएका थिए भने १५ घर बगाएको थियो । बास बस्ने घर देखि गुजारा चलाउने खेतीपाती बगाउदा पहिरोपिडितको बिचल्ली भएको छ । पहिरो पिडितको लागी अहिले सम्म कुनै दिर्घकालिन योजना बन्न सकेको छैन ।
यतिको समय बितिसिक्दा पनि अहिलेसम्म पुर्नबासको अत्तोपत्तो नभएको स्थानीय पहिरो पिडित सुनिता पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो हिउँदमा मात्र हो यहाँ बस्ने वर्षायाममा पानि पर्न सुरु भएपछि अरुको घरमा भाडा तिरेर बस्ने गरेका छौ ।१९ महिनााको बच्चा सहित पहिरोको छेउमा ७ जनाको परिवार बस्दै आएको पाण्डे बताउनुभयो । कोहि पहिरो पिडितले दारिम थलि भन्नृ ठाउँमा जग्गा किनेर घर बनाएर बस्ने गरेको कोहि आफु जस्तै भाडामा बस्दै आएको उहाँले बताउनुभयो ।बस्ती तलबाट नि पहिरो गएको छ , माथिबाट नि पहिरो गएको छ ,तलबाट पहिरो तान्दै घर सम्म आईसकेकोले यो वर्ष आफ्नो घर पनि पहिरोले बगाउने पाण्डेले बताउनुभयो । पाण्डेले भन्नुभयो वर्षायाममा पहिरो आउँछ, घर खेत बगाउछ हामी पिडामा हुन्छौ गाडीको लस्कर हुन्छ फोटो खिच्नेको भिड हुन्छ , सरकारी कार्यालयका मान्छेहरु आउछन रमिता हेर्छन फर्किन्छन । यो गर्छु र त्यो गर्छु भनेर आस मात्र देखाउने गरेको तर राहातको नाममा आफुहरुले त्रिपाल समेत नपाएको उहाँले बताउनुभयो ।
आफुले किनेको घर र २ रोपनि जग्गा पहिरोले गत वर्ष नै बगाएको अर्का स्थानीय रोशन लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो घरखेत गएको वर्ष नै बगाइहाल्यो अहिले नजिकैको घरमा बस्दै आएका छौ, त्यो घर पनि यो वर्ष बगाउला जस्तो छ । खेतवारी बगाएपछि दैनिक गुजारा चलाउन छिमेकीको घर भाडा लिएर बिजुली पसल चलाउदै आएको र त्यो घर पनि पहिरोको जोखिममा रहेकाले पसलको सामान सार्ने ठाँउको खोजी गरिरहेको लामिछानेको भनाइ छ । पहिरो रोकथाम गर्न २ करोडको जाली हालिएपनि सो जाली पहिरोले बगाइसकेको उहाँले बताउनुभयो ।
कालिन्चोक गाउँपालिका ५ का वडा अध्यक्ष सहदेब खड्काले सरकारी निकाय बेवास्ताका कारण पहिरो रोकथामको कुनै काम अगाडी बढ्न नसकेको बताउनुभयो । वडाको बजेटले पहिरो रोकथाम केहि गर्न नसक्ने बताउदै खड्काले रोकथामको लागी गाउँपालिकाले समेत चासो नदिएको बताउनुभयो । पहिरोका कारण सो क्षेत्रका १ दर्जन घर बगाएको २ सय भन्दा बढि घर विस्थापित भएको कालिन्चोक गाउँपालिकाले जनाएको छ ।
पानि पर्नासाथ यहाँका पहिरोपिडितलाई रातमा निन्द्रा पर्दैन । त्यसैले अबको बिकास निमार्ण प्रकृतिमैत्री हुनुपर्ने उहाँहरुको जोड छ । बस्ती,सडक कहाँ खोल्दा उपयुत्त हुन्छ प्राविधिक अध्ययन गरी निमार्ण गर्न सके मात्र यस्ता विपत्तिबाट जन र धन दुवै जोगाउन सकिो विश्वास गर्न सकिन्छ ।

Back to top button