किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम

बैशाख, २३ गते
जिल्ला युवा समिति दोलखाले किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । छात्राहरुमा आत्मावल र आत्मविश्वास बढाउने उद्देश्यले किशोरीहरुको लागी सो तालिम प्रदान गरेको हो ।
तालिममा विद्यालयमा ९ देखि १२ कक्षामा अध्ययनरत ५० जना छात्राहरुको सहभागिता रहेको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।
जीवनमा आइपर्ने कुनै पनि किसिमको चुनौति र खतराको बेला छात्राहरुले आफ्नो रक्षा आफै गर्न सक्षम गराउने उद्देश्यले तालिमको व्यवस्था गरिएको श्रेष्ठको भनाइ रहेको छ ।समितिले बैतेश्वर गाउँपालिका वडा नम्बर–५ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालयका छात्राहरुलाई दुईदिने आत्मरक्षाको सम्बन्धी तालिम प्रदान गरेको थियो ।
बैतेश्वर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कुमार चौलागाईंले छात्राहरुलाई शारिरिक तथा मानसिक रुपले बलियो बनाउन यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले महिलाहरुलाई कमजोर ठान्ने प्रवृतिलाई परिवर्तन गर्न उनीहरु आत्मविश्वासी हुनु अत्यावश्यक रहेको भन्दै यो तालिमले उनीहरुलाई आत्मविश्वासी बनाउँदै आत्मरक्षा गराउन मद्धत गर्नेमा बताउनुभयो ।
तालिममा प्रशिक्षककको रुपमा गायत्री शिवाकोटी र बिन्दा थापा रहनुभएको युवा समिती दोलखाले जनाएको छ ।

Back to top button