दोलखा- काठमाडौ सम्पर्क समितिको अध्यक्षमा सरोज शिवाकोटी

दोलखा । नेपाली काङ्ग्रेस दोलखा– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा सरोज शिवाकोटी मनोनित भएका छन । कांग्रेस दोलखाको जेठ २ गते सम्पन्न पूर्ण बैठकले शिवाकोटीलाई सम्पर्क समितिको अध्यक्षमा मनोनयन गरेको हो ।

सम्पर्क समितिको सचिव रहेर कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका शिवाकोटीलाई अध्यक्षमा मनोनीत गरिएको हो ।  दोलखाको कालिन्चोक गाउँपालिका – ८ सुनखानीमा जन्मिएका  शिवाकोटी हाल राजधानी काठमाडौंमा बसी पार्टीको सक्रिय  राजनीति  गर्दै आएका छन् ।

२०५२ साल देखि निरन्तर नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदै आएका शिवाकोटी पार्टीभित्र अनुभवी, ईमान्दार र स्वच्छ छवि भएका नेताको रुपमा परिचित छन । शङ्करदेव क्यापसको नेविसंघ एकाइ सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सचिवका उम्मेदवारसमेत बनेका शिवाकोटीले नेपाल विद्यार्थी संघ, दोलखा काठमाडौं सम्पर्क समितिको सभापति भएर समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।२०६२- ६३ को लोकतान्त्रिक गणतन्त्र प्राप्तिको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका शिवाकोटी दोलखाको सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागी रहँदै आएको छ । दोलखा काङ्ग्रेसको बैठकले थप ३ जना नेताहरुलाई जिल्ला कार्य समिति सदस्य पदमा मनोनित समेत गरेको छ मनोनित हुने सदस्यहरुमा राजन अधिकारी , विष्णु खत्री र तेम्बा मोक्तान रहेका छन् ।

Back to top button