दोलखाको चर्नावतीमा लगाइने महापुराण नवाह ज्ञान महायज्ञको तयारी तीव्र

दोलखा । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि आयोजना गर्न लागिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमको तयारी तीव्र पारिएको छ।
यही जेठ ७ देखि १५ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारी तयारी तीव्र पारिएको हो । दर्शनार्थीहरुको भब्य सहभागीता जुटाउन काठमांडौंस्थित महायज्ञ मुल समारोह समितिले दैनिक विभिन्न गतिविधि तथा भेटघाट एवं निमन्त्रणा तिब्र पारेको छ भने स्थानीय आयोजक समितिले चरणवती क्षेत्रमा सरसफाई मण्डप निर्माण दर्शनार्थी कक्ष निर्माण जस्ता कार्यहरु धमाधम अघि बढाइरहेको छ । काठमांडौको घट्टेकुलोमा कार्यालय नै स्थापना गरेर महायज्ञको तयारीका लागि सबै जसो कामहरु सञ्चालन भैरहेको दोलखाका समाजसेवी सोभित उप्रेतीले जानकारी दिए । उनका अनुसार महायज्ञ भब्य बनाउन आयोजक समितिले कुनै कसर बाँकी राखेको छैन । चर्णावती त्रिवेणी विकास तथा प्रबर्द्धन सङ्घ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले जतिसक्दो धेरै भक्तजनहरु उतार्नका लागि आयोजक समिति सकृय रहेको बताएका छन् । उनका अनुसार महायज्ञको तयारी तीव्र पारि रहदाँ सहयोगी भक्तहरुबाट आर्थिक संकलन समेत हुन थालेको छ ।
चरङ्गे बजारमा निर्माण गरिएको जेष्ठ नागरिक सेवा केन्द्र भवन सञ्चालनका लागि केहि सहयोग जुटाउने र प्रचारप्रसार गर्ने उद्धेश्यले गरिएको नवाह ज्ञान महायज्ञमा सुरु हुनु भन्दा अघिबाटनै आर्थिक सहयोग जुटन थालेको हो । नौ दिन सम्म सञ्चालन हुने महायज्ञको जेठ ७ गते संस्कृतविद एवं इतिहाँसविद डा. जगमान गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने संस्कृतविद विदुसी प्राध्यापक डा. कान्ता भट्टराइले प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मुल समारोह समितिले जनाएको छ ।

Back to top button