भब्य कार्यक्रमसहित खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाकाे एघारौं साधारण सभा सप्पन्न

दोलखा । खिम्ती  ग्रामीण विद्युत सहकारी संस्थाकाे एघारौं साधारण भब्य कार्यक्रमसहित सम्पन्न भएको छ । सभा दाेलखाकाे किर्नेटारमा, हावाकाे देउरालीमा र रामेछापको बेतालीमा धुमधामका साथ सम्पन्न भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम बागमती प्रदेशका माननीय कुन्दन काफ्ले र नेकपा माअाेवादी केन्द्रका पाेलिटब्युराे सदस्य श्याम कुमार श्रेष्ठको प्रमुख अातिथ्यता छुट्टाछुट्टै दुई स्थानमा खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाकाे एघारौं साधरण सभा धुमधामका साथ सम्पन्न भएका हुन

। शेयर सदस्यलाई सरल र सहजरूपमा सेवादिने उदेश्यले भेग भुगाैललाई हेरि पायक पर्ने स्थानमा विद्युत सहकारी संस्थाकाे एघारौं साधरण सभा सम्पन्न गरेकाे संस्थाले जनाएको छ ।

कार्यक्रममा सभापति एवम खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष शेरबहादुर खड्काले भन्नू भयाे :- नेपालमा अन्य सहकारीहरु जसरी फस्टाइरहको छन् ,विद्युत सहकारीहरु महसूल नउठने, पर्याप्त मात्रामा विद्युत खपत नहुने, प्राधिकरणसँग पिपिए गर्न लाखाैकाे संरचना तयार गर्नुपर्ने र पिपिए भएता पनि दर राम्रो नहुने र जोखिम धेरै हुने, भौगोलिक विकटता र चुनौतीको कारण धेरै फस्टाउन सकिरहेको अवस्था छैन, भने विद्युत सहकारीको रुपमा दर्ता भएका वा मिनि तथा माईको हाइड्रोबाट विद्युत उत्पादन गरि वितरण गर्ने धेरै संस्थाहरू हाल अस्तित्वमा नै नरहेको पाइन्छ र अस्तित्वमा रहेका सहकारीहरुको पनि विद्युतबाट मात्र नभई अन्य कार्यमा लगानी भएकाको मात्र राम्रा अवस्थामा रहेको पाइन्छ ।

खड्काले अन्य विद्युत सहकारी संस्था जस्तै यसकाे पनि विभिन्न चुनौती रहेकाे दाबि गर्नु भयाे । संस्थाले न्युन दरमा चुस्त विद्युत सेवा पिपिए सम्पन्न, विपन्नलाई निशुल्क विद्युत सेवा, आफ्नै पहलमा २००० भन्दा माथी घरधुरीमा विद्युत वितरण, ३३ केभी सरचना निर्माण, ४० लाख भन्दा माथी उपचार भुक्तानी ओभरलोड भएका स्थानमा २५ लाब भन्दा माथीका ट्रान्सफरमर परिवर्तन ९ लाख भूकम्प विद्युत राहत, १६ लाख माथी भुकम्पमा, विद्युत मर्मत सेवा निशुल्क मिटर तार सहुलियत १ पटक लाभांश वितरण गरि सकेको बताउनुभयाे ।

सेयर सदस्य हरूलाई सम्बाेधन गर्दै खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाका उपाध्यक्ष भुवन केसीले ईनर्जी नेट मिटरिङमा पिपिए संसोधन, खिम्ती २ लाई विद्युत वितरण, सटडाउन वापत आम्दानी, महिला उद्यम प्रवर्द्धन कार्यक्रम, इन्डक्सन सहुलियत कार्यक्रम, सस्तो भरपर्दो विद्युत तथा चुस्त सेवा, निशुल्क विद्युत वितरण, समस्यामा परेका सदस्यलाई आर्थिक सहयोग र उच्चस्तरको समन्वय लगाएतको कारणले गर्दा आर्थिक रुपमा पनि सम्पन्न र सामाजिक रुपमा समेत संस्थाको ख्याती उच्च भएको बताउनुभयाे।

७००० शेयर सदस्य १०००० ग्राहक सदस्य तथा कार्यक्षेत्रका ५०००० जनताको जिवनमा उज्यालो काम खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले गरेकाे छ उपाध्यक्ष केसीले जानकारी दिनुभयो ।

संस्थाका काेषाध्यक्ष धिरज सुवेदीले खर्चहरू मितव्ययी बनाएकाेले सहकारी नाफामा रहेकोे बताउनुभयाे।
उहाँले भन्नू भयाे संस्थाले नेट मिटरिङमा पिपिए गरेकाे ,खिम्ती २ लाई विद्युत वितरण गरेको ,कर्मचारी घटाईएको ४ सटडाउन दस्तुर वापत आम्दानी गरेको , पुरानो बक्यौता रकम उठाईएको , मुद्दतीमा रकम राखिएको,जस्तन कारणले खर्चहरु संस्था नाफामा जान सम्भव भएको हाे । संस्थाले मुक्तिनाथ र एनएमबि बैंकमा आम्दानी बढाउने उद्देश्यले १० प्रतिशत माथी व्याजमा २,६०,२४,७९९ रकम र अन्य बैक खातामा ६९,०४,०७७ गरि संस्थामा ३ करोड ७२ लाख माथी बैंक मौज्दात, कर्मचारी ऋण, मोटरसाईकल ऋण, जग्गा जमिन, मौज्दात सामान गरि झण्डै ५ करोड सम्पती रहेको छ सुवेदीले बताउनु भयाे।
यस आ.व. को चैत्र मसान्त सम्मको आम्दानी ३,७७,४९,८६२६७ र खर्च १,८६,५७,४४८४४ रकम रहेको छ । यस हिसावले १ करोड ९० लाख भन्दा माथी फाईदा देखिएकोले साधारणसभा लगाएत खर्चहरु कटाउदा पनि कम्तीमा १ करोड ५० लाख माथी नाफा हुने देखिन्छ सुवेदीले दाबि गर्नुभयाे

Back to top button