दोलखा काङ्ग्रेसले गाउँ नगर सम्मेलन गर्न सबै स्थानीय तहमा तोक्यो संयोजक र सहसंयोजक

जेष्ठ ९ गते
दोलखा । नेपाली काङ्ग्रेस दोलखाले गाउँ नगर र वडा सम्मेलन गर्न सबै स्थानीय तहमा संयोजक र सहसंयोजक तोकेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार पार्टीको बिधानमा भएको ब्यवस्था अनुसार सम्मेल्न गर्न संयोजक र सहसंयोजक तोकिएको दोलखा काङ्ग्रेसले जनाएको छ ।
दुई नगरपालिका र सात गाउँपालाका सहित नौ स्थानीय तह रहेको दोलखामा कालिन्चोक गाउँपालिकाको संयोजकमा केशबराज चौलागाईं र सहसंयोजकमा पदमराज पाठक ,बिगु गाउँपालिकाको संयोजकमा आङ्निमा शेर्पा र सहसंयोजकमा श्याम राज्य खड्का ,भिमेश्वर नगरपालिकाको संयोजकमा राकेश श्रेष्ठ र सहसंयोजकमा राजन बस्नेतलाई तोकिएको छ ।
त्यसैगरि शैलुङ गाउँपलिका संयोजकमा दावा दोर्जे लामा र सहसंयोजकमा कृष्णलाल श्रेष्ठ, मेलुङ गाउँपालिकाको संयोजकमा यम बिक्रम कार्की र सहसंयोजकमा विष्णु खत्री , तामाकोसी गाउँपालिकाको संयोजकमा गोपाल तिमल्सिना र सहसंयोजकमा झनक फुयाल , बैत्यश्वर गाउँपालिका संयोजकमा बम बहादुर तामाङ र सहसंयोजकमा लेमु दाहाल , जिरी नगरपालिका संयोजकमा सुदर्शन कार्की र सहसंयोजकमा तारा थपलिया, र गौरीशंकर गाउँपालिका संयोजकमा सुनिता नेपाली र सहसंयोजकमा टेन्डु शेर्पालाइ तोकिएको नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले बताउनुभयो ।
स्थानिय तहमा खटिएका संयोजक र सहसंयोजकले वडा वडामा संयोजक तोकेर गाउँपालिका र वडा सम्मेलन गर्ने छन, वडाका टोल टोलमा गएर टोलसमिती गठन गर्ने, पार्टी भातृ संगठन बिस्तार तथा बाकी रहेका र क्रियाशिल नरहेका कार्यसमितिलाई पुर्णता दिने छन ।
संयोजकले जेष्ठ १८ गते भित्र जिम्मेवारी तोकेका क्षेत्रको बारेमा काङ्ग्रेस पार्टी कार्यालयमा प्रतिबेदन बुझाउनुपर्ने दोलखा काङ्ग्रेसले जनाएको छ ।

Back to top button