काङ्ग्रेसले भ्रष्टाचारको अनुसन्धानमा सहयोग गर्छ : नेता भण्डारी

चरीकोट, जेष्ठ ९ गते
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाली काङ्ग्रेसले भ्रष्टाचारको अनुसन्धानमा सहयोग गर्ने बताउनुभएको छ ।
दोलखा कांग्रेसको पार्टी कार्यालय चरिकोटमा भेटघाटको क्रममा भण्डारीले सो कुरा बताउनुभएको हो ।
देशको निर्वाचन प्रणाली सुधार्नु पर्ने बताउदै यो प्रणाली बाट कुनैपनी राजनीतिक दलको बहुमत नआउने बताउनुभयो । समानुपातिक निर्वाचन प्रणाली सुधार गर्नुपर्ने उहाँको भनाइ छ । भ्रस्टाचार गर्नेहरु कानुनी दायरामा आउने बताउदै भण्डारीले काङ्ग्रेसले भ्रष्टाचारको अनुसन्धानमा सहयोग गर्ने बताउनुभयो ।
लोकतान्त्रिक पार्टी भित्र प्रतिस्पर्धा हुने बताउदै उहाँले पछिल्लो घटनाक्रमले लिएर पार्टीलाई नोक्सान हुने कुनै पनि गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नारा र भाषणले पार्टी नबन्ने बताउदै भण्डारीले आपसी एकताबाट मात्र पार्टी बन्ने बताउनुभयो । असन्तुष्ट कुराहरु पार्टी भित्र नै छलफल गर्नुपर्ने बताउदै उहाँले नेता कार्यकर्ता बाहिर छताछुल्ल बोल्दै हिड्न नहुने बताउनुभयो ।
नेपाली काङ्ग्रेस पार्टीका चुनौती धेरै छन अबको काङ्ग्रेसको भबिस्यको बिषयमा पार्टी भित्र बहस गर्नुपर्ने अवस्था आएको भण्डारिले बताउनुभयो ।
हामी जुन उदेश्यले पार्टी स्थापना गरेका थियौ अहिले त्यो हिसाबले पार्टि चल्न नसकेको बताउनुभयो ।
धर्मको बारेमा धेरै बहस गर्न नहुने बताउदै उहाँले आजभोली धर्मको बिषयमा बहस बढ्दै गएको बताउनुभयो ।

Back to top button