काङ्ग्रेस नेता श्रेष्ठले सेवा केन्द्र संचालन गर्न ११ लाख सहयोग गर्ने घोषणा

दोलखा । नेपाली काङ्ग्रेसका नेता एवम समाजसेवी, तथा उधोगपति प्रभुराम श्रेष्ठले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालका लागी ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनार्थ आयोजना गर्न लागिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रम चलिरहदा अक्षरुपि रु एघार लाख रुपैया सहयोग गर्ने र सो रकम केही दिनमा नै हस्तान्तरण कार्यक्रम तय भएको र रकम सहि ठाउँमा सदुपयोग होस् भन्ने आफुले चाहेको काङ्ग्रेस नेता श्रेष्ठले बताए ।

वरिष्ठ समाजसेवी श्रेष्ठले यस भन्दा अघि पनि प्राकृति प्रकोपमा परेका ,दीर्घारोगी,गरीब ,बिपन्न,असाहय,दिन दुखीहरुलाइ निरन्तर सहयोग गर्दै आएका छन्।-Global Tv

Back to top button