तामाकोसी काङ्ग्रेसले सबै वडामा तोक्यो संयोजक,शनिबारबाट सम्मेलन सुरु हुने

दोलखा । नेपाली काङ्ग्रेस तामाकोसी गाउँपालिकाले गाउँपालिका र वडा सम्मेलन गर्न सबै वडामा तहमा संयोजक तोकेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार पार्टीको बिधानमा भएको ब्यवस्था अनुसार सम्मेल्न गर्न संयोजक गर्न सबै वडामा संयोजक तोकिएको तामाकोसी काङ्ग्रेसले जनाएको छ ।
गाउँपालिका १ भिरकोटमा नरध्वज सुनुवार ,झुलेमा बलराम कार्की, जफेमा कृष्ण बहादुर खड्का, मालुमा हरिशरण केसि, शहरेमा देव कुमार भण्डारी, च्यामामा केदार कार्की र हावामा पवन तिमल्सिनालाई संयोजक तोकिएको छ।

वडामा खटिएका संयोजकले वडामा पुगेर सम्मेलन गर्ने छन। वडामा तोकिएका संयोजकले वडाका टोल टोलमा गएर टोलसमिती गठन गर्ने, पार्टी भातृ संगठन बिस्तार तथा बाकी रहेका र क्रियाशिल नरहेका कार्यसमितिलाई पुर्णता दिने छन ।
जेष्ठ १८ गते गाउँपालिका सम्मेलन सम्पन्न गरेर काङ्ग्रेस पार्टी कार्यालयमा प्रतिबेदन बुझाउने जिल्ला बाट तोकिएका तामाकोसी गाउँपालिका संयोजक गोपाल तिमल्सिनाले बताए ।

Back to top button