
दोलखा ।पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले पर्यटकीय क्षेत्र कालिन्चोक देखि नागदह सम्म साहसिक खेल माउन्टेन बाइकिङ रिले दौड प्रतियोगिता हुने भएको छ।
यति ओरिजिन्स र भिमेश्वर नगरपालिकाको सहकार्यमा दौड प्रतियोगिता हुने भएको हो। शनिबार सदरमुकाम चरिकोटमा उद्घाटन गरिएको सो कार्यक्रममा जेठ १४ गते माउन्टेन बाइकिङ रिले दौड ट्रायल रेस गरिने र १५ गते प्रतिस्पर्धा गरिने आयोजले जनाएको छ ।
खेलमा नेपाल, मेक्सिको र नेदरल्यान्डका करिब ४० राइडरले बाइकिङ रिले दौड सुरु गरेको नगरपालिकाले जनाएको छ ।
उक्त रिले दौडमा हाइकिङका लागि पनि उपयुक्त रहेकाले राजधानी नजिक रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने नगरप्रमुख इश्वर मानन्धरले बताउनुभयो । उहाँका अनुसार दोलखामा धार्मिक, ऐतिहासिक, सांस्कृतिकसँगै ‘एग्रो टुरिजम, एड्भेन्चर टुरिजम’को पर्यटन प्रबर्द्धन हुने आयोजकले जनाएको छ । यहाँबाट दृश्यावलोकन गर्न सकिने मनोरम दृश्य र भौतिक एवं प्राकृतिक सौन्दर्यका कारण पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको प्रमुख मानन्धरले बताउनुभयो ।
नगरपालिका लाई आर्थिक क्षेत्रमा बिकास गर्न र
पर्यटनलाई पहिलो प्राथमिकताको रुपमा बिकास गर्न प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय र अन्तरास्ट्रिय स्तरका खेल खेलाउनका लागि रंगशाला समेत निर्माण गरिएको मानन्धरको भनाइ छ ।
खेलाडीको सुरक्षाका निम्ति स्वास्थकर्मिको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खेलाडी लागि कालिन्चोक मन्दिरदेखी गैरिसम्म ७.५ किलोमीटर , गैरिदेखी खोर्थली भ्युटावर सम्म ७ किलोमीटर , भ्युटावर देखि दोलखा बजार सम्म ११ किलोमीटर र दोलखा बजार देखि नागदह सम्म ४.५ किलोमीटर गरेर ४ वटा रुट तयार पारिएको आयोजकले जनाएको छ ।
उक्त नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम–शृङ्खलाहरूको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको छ । यस्तै साहसिक पर्यटनका लागि दोलखा उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न धेरै स्थान रहेको उहाँको भनाइ छ ।