गणतन्त्र दिवसको अवसरमा नेविसंघको वक्तृत्वकला कार्यक्रम

दोलखा । नेपाल विद्यार्थी संघ दोलखाले
१६ औं गणतन्त्र दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थी संघले मेलुङ गाउँपालिका – ६ को त्रिभुवन माध्यमिक विद्यालयमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष प्रनिल तामाङको सभापतित्वमा सप्पन्न भएको कार्यक्रम मेलुङ गाउँपालिका भित्रका माध्यामिक तहका ६ वटा विद्यालयहरुको सहभागी रहेको थियो ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति दोलखा द्वारा आयोजित”संघीय लोकतान्त्रिक गणतन्त्र र भावी पुस्ता” विषयक वक्तृत्वकला कार्यक्रम पहिलो चरण मेलुङ गाउँपालिकामा सम्पन्न गरिएको नेविसंघ दोलखाका नेता सुस्मित खड्काले बताए ।

दोलखाका सबै स्थानीय तहमा वक्तृत्वकला कार्यक्रम गरिने खड्काले बताए । स्थानीय तहको कार्यक्रम सम्पन्न गरेर जिल्लामा स्थानीय तह स्तरीय कार्यक्रम गरिने उनले बताए ।
कार्यक्रममा प्रथम स्थान हासिल गर्नेलाई रु ७,००० सहित प्रमाण पत्र ,दृतिय स्थान हासिल गर्ने लाई रु ५,००० सहित प्रमाण पत्र , तृतिय स्थान हासिल गर्नेलाई रु ३,००० सहित प्रमाण पत्र ,सान्त्वना स्थान हासिल गर्नेलाई रु १५०० सहित प्रमाण पत्र र अन्य सहभागी विद्यार्थीहरुलाई रु १,००० सहित प्रमाण पत्र को प्रदान गरिएको विद्यार्थी संघले जनाएको छ ।
आज सम्पन्न भएको प्रतियोगितामा
प्रथम सुजिता तामाङ्ग,दितिय सचिन अधिकारी,तृतीय महेश भण्डारी,सान्त्वना पुरस्कार रबिना वि.कले पाएको आयोजकको भनाइ छ ।

Back to top button