क्षेत्रपामा निशुल्क पशु स्वास्थ्य शिविर, १२ सय पशुको उपचार

दोलखा । बैत्यश्वर गाउँपालिका -८ क्षेत्रपामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा संचालन गरिएको शिविरमा १२ सय भन्दा बढि पशुको उपचार गरिएको हो।

शिविरमा बाख्रा, कुखरा, गाई, भैँसी र भेडा लगायतका पशुको निशुल्क उपचार गरिएको बैत्यश्वर गाउँपालिका -८ क्षेत्रपाका वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताउनुभयो ।शिविरमा जुका, नाम्ले,रुघाखोकी , भिटामिन, घाउखटिरा,जुम्रा लगायतका उपचार तथा औषधी निशुल्क वितरण गरिएको जिरेलले बताउनुभयो ।

शिविरमा प्रजनन समस्या सम्बन्धि, आन्तरिक तथा बाह्यय परजीवी नियन्त्रण सम्वन्धि , जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्या लगायतका विभिन्न रोगहरुको ४८ प्रकारका औषधिहरु वितरण गरिएको डाक्टर रन्जना रानाभाटले बताउनुभयो ।
बोका र गोरुको बन्ध्याकरण, गाईभैसीको गर्भ परिक्षण गरिएको उहाँले बताउनुभयो ।

१ सय १८ वटा घरमा पुगेर ४० जना पशु प्राबिधिकको टोलिले सर्वे गरि आइतबार बिहान ८ बजेबाट सुरु भएको शिविर बेलुका ९ बजे सम्पन्न भएको थियो ।
जनप्रेमि कृषि सहकारिकाे अध्यक्ष टीका बहादुर खत्रिकाे अध्यक्षता तथा वडा अध्यक्ष शान्त बहादुर जिरेलकाे प्रमुखमा आतिथ्यमा सप्पन्न कार्यक्रममा प्राबिधिक शिक्षालयका प्रमुख कर्म गेलाल शेर्पा लगायत स्थानीयहरुको भब्य उपस्थितिमा पशु शिविर सम्पन्न भएको थियो ।

Back to top button