महालक्ष्मी बिकास बैंक लिमिटेड दोलखा शाखाद्वारा खेलकुद सामाग्री हस्तान्तरण

दोलखा । जिल्ला सदरमुकाम चरिकोटमा रहेकाे महालक्ष्मी बिकास बैंक लिमिटेड दोलखा  शाखाले  कालिन्चाेक माध्यमिक बिद्यालयमा खेलकुद सामग्री वितरण गरेको छ ।

बैंकका शाखा प्रबन्धक गणेश बहादुर साउद सहित बैककाे टाेलिले कालिन्चाेक माध्यमिक बिद्यालयका प्रधानध्यापक शम्भु गाैतमलाइ खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

महालक्ष्मी बिकास बैंक लिमिटेडले बिभिन्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा ,स्वास्थ ,बाताबरणिय सरसफाइ जस्ता समाजमा उल्लेखनीय खालका विभिन्न कार्यहरू गर्दै अाएकाे छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरूकाे खेलकुद लगायत समबन्धित क्षेत्रमा सिपकाे बिकासका साथै शारीरिक तथा बाैद्विक क्षमता प्रबधर्न हाेस भन्ने उद्देश्यले बैकले उत्त सामाग्रि प्रदान गरेकाे शाखाका प्रबन्धक साउदले जानकारी दिए ।

Back to top button