वैतेश्वर अस्पतालमा बर्थिङ सेन्टर संचालन

दोलखा। जिल्लाको बैतेश्वर गाउँपालिकाले बैतेश्वर अस्पतालमा बर्थिङ सेन्टर संचालनमा ल्याएको छ।

बर्थिङ सेन्टर  नयाँ व्यवस्थापन सहित संचालन ल्याइएको हो।

बर्थिङ सेन्टरको उद्घाटन गर्दै बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले ग्रामीण भेगका महिला दिदिबहिनी तथा आमाहरुलाई जोखिम मोलेर घरमा सुत्केरी गराउनुपर्ने समस्याको अन्त्य होस् भन्ने उदेश्यले अस्पतालमा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरी प्रयोगमा ल्याइएको बताए।

उनले आमा,शिशु दुबैको स्वास्थ्यमा ख्याल गरी उपचार,सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई अनुरोध समेत गरे।पालिकाले वडा-वडामै बर्थिङ सेन्टर निर्माण गरिसकेको र बैतेश्वर अस्पतालमा पनि आवस्यकता भएकाले पालिकाले आवस्यक उपकरण, छुट्टै भवन र जनशक्ति व्यवस्थापन गरी बर्थिङ सेन्टरलाई संचालनमा ल्याएको बैतेश्वर अस्पतालका व्यवस्थापक रोशन कुमार गिरीले जानकारी दिए।उद्घाटन कार्यक्रम बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले सबै बैतेश्वर गाउँपालिका भित्रका गर्भवती महिलाले सुत्केरी हुनको लागि टाढाका अस्पताल तथा जोखिम मोलेर गाउँघर सुत्केरी हुनुनपर्ने बताइन्।उनले सबै महिलाहरुलाई अस्पतालमै आएर स्वस्थ रूपमा सुत्केरी हुन अनुरोध समेत गरिन।

कार्यक्रम बैतेश्वर- वडा अध्यक्ष अशोक तामाङ,बैतेश्वर गाउँपालिका जनस्वास्थ्य निरीक्षक रुपेश चापागाईं,बैतेश्वर अस्पतालका प्रमुख डाक्टर-शिङ नाथ यादव,अस्पताल व्यवस्थापन समिति सदस्य किरण तामाङ,अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।

पछिल्लो समय अस्पतालको सेवामा सुधार आएसंगै बिरामीको संख्या पनि वृद्धि भएको पाइएको छ्।बैतेश्वर अस्पताललाई अनुमान अस्पताल बनाउन पछिल्लो समय यहाका जनप्रतिनिधिहरुले चासो दिएका छन्।

Back to top button