नेपाली कांग्रेस दोलखाले जेठ २८ गते जिल्ला सम्मेलन गर्ने

दोलखा । नेपाली कांग्रेस दोलखाले जिल्ला सम्मेलन गर्ने भएको छ । कांग्रेस दोलखाले जेठ  २८ गते जिल्ला  सम्मेलन गर्ने भएको हो ।

सो सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री बद्री पाण्डेले उद्घाटन गर्ने कांग्रेस दोलखाका सभापति बर्मा लामाले बताउनुभयो ।

सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरण गरिने लामाले बताउनुभयो ।
सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गरिने उहाँको भनाइ छ ।
कांग्रेस दोलखाले पार्टीलाई प्रभावकारी रुपमा गाउँगाउँमा पुर्‍याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र अनुभूति गर्ने कांग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु गरिरहेको छ । चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टीपंक्ति लागिपरेको दोलखा काङ्ग्रेसले जनाएको छ ।

Back to top button