लागू औषध दुर्ब्यसन र साइवर अपराध बारे सचेतना कार्यक्रम सप्पन्न

दोलखा । सामाजिक सञ्जाल र अनलाइन अभ्यस्तता बढेसँगै बढेको साइबर अपराध र सहरिया युवाहरूमा बढ्दो लागु औषध दुर्व्यसनी सम्बन्धि  सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला युवा समिती दोलखाको आयोजना र जिल्ला प्रशासन कार्यलय दोलखाको सहकार्यमा आज सो कार्यक्रम सम्पन्न  भएको हो । दोलखा सदरमुकाम चरिकाेटकाे सिमपानी  हलमा भएको कार्यक्रममा कालिन्चाेक उच्च माध्यमिक विद्यालयका २ सय ५३ जना  विद्यार्थीहरूको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जुराम घतानी, जिल्ला प्रशासन कार्यालय दाेलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला , तारादल गणका गणपति  संजिव सिंह सिजापती , सशस्त्र प्रहरी वल नेपाल १८ नम्बर गुल्ल्का सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार र्कार्कि, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलयका प्रमुख अनुसन्धान अधिकृत अरुन कार्की, जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादव, पत्रकार मंहासंघ दोलखा शाखा अध्यक्ष दिपशंकर चौलागाईं नागरिक समाज, शिक्षक विद्यार्थीहरू सहभागी भएका थिए । साइबर क्राइमको विषयमा दाेलखा जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादव,र पशुपति चौलागाईं स्मृति अस्पतालका जनरल सर्जन डा. ज्ञानेश्वर श्रेष्ठले लागु औषध दुर्व्यसनीको बारेमा विद्यार्थीहरूलाई तालिम दिएको कार्यक्रका संयोजक तथा आयोजक जिल्ला युवा समिती दोलखा अध्यक्ष भरत कुमार श्रेष्ठले बताए । साइबर क्राइम के हो, यसका कानुनि सजायहरू के छन् र दुव्र्यशनीहरुको समस्याको निराकरण के हो बारेमा विद्यार्थीहरूलाई प्रहरी र विज्ञले जानकारी दिएको श्रेष्ठले बताए । उनले भने, ‘हेर्दा सामान्य लाग्ने तर साइबर क्राइम र लागु औषध दुर्व्यसनी जस्ता दीर्घकालीन असर गर्ने कुरामा युवाहरूलाई सचेत गराउने उद्देश्यले गरिएको जिल्ला युवा समिती दोलखा अध्यक्ष भरत कुमार श्रेष्ठले बताए ।

Back to top button