समय अगाबै  निर्माण सम्पन्न गर्ने ‘नमुना निर्माण ब्यवसायी ‘

दोलखा । अहिले देशका अधिकांश निर्माण ब्यवसायी योजनाको ठेक्का लिएर काम नसकेर कारवाही भोगिरहेका छन्। तर दोलखाका एक निर्माण ब्यवसायीले तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन्।

दियाल कन्ट्रक्सनले जिल्लाभित्र र बाहिर गरी आधा दर्जन योजना सम्झौता अगाबै निर्माण सम्पन्न गरेको छ। कन्ट्रक्सनले निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा दुई महिनाअघि नै निर्माण सप्पन्न गरेर हस्तान्तरण गरेको छ। जिल्लाका विभिन्न स्थानका योजना निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका कारण सम्मानित समेत भएको छ।

दियाल कन्ट्रक्सनका संचालक सुबास तामाङले मेलुङ गाउपालिकामा ७२ लाख बजेटको पौवा- ओडारे सडक २ महिना अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका छन ।
संचालक तामाङले बैत्यश्वर गाउँपालिकामा सिचाइ , सडक कालोपत्रे लगायतका योजना समय भन्दा अगाबै हस्तान्तरण गरेर नमुना निर्माण ब्यवसायीका रुपमा स्थापित भएका छन्।

देशमा आर्थिक सङ्कट रहेको बेला समेत समयमा नै निर्माण सम्पन्न गरेर तामाङले योजना हस्तान्तरण गरेका छन ।
वैदेशिक रोजगारीको सिलसिलामा लामो समय कोरिया बसेर फर्केका तामाङ दोलखाका सफल निर्माण ब्यवसायीका रुपमा परिचित छन ।

Back to top button