युवा नेता राकेश श्रेष्ठको पहलमा भिमेश्वरका युवाहरुलाई सिपमुलक तालीम

दोलखा । युवा नेता राकेश श्रेष्ठको पहलमा भिमेश्वरका युवाहरुलाई सिपमुलक तालीम प्रदान गरिएको छ ।
राष्ट्रिय अपांग पुनःस्थापना समाज अनामनगर काठमाडौंको आयोजनामा एल.डि .एस . सी. (युएसय) को आर्थिक सहयोगमा भिमेश्वर नगरपालिका दोलखाको समवन्यमा सो तालिम प्रदान गरिएको हो ।

युवा नेता राकेश श्रेष्ठको पहलमा भिमेश्वर नगरका युवाहरुलाई रोजगारी बनाउने उदेश्यका सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । जेष्ठ १० गते देखि सन्चालित तालिममा १५ दिने डकर्मी तर्फ २० जना र १० दिने पल्बिङ तर्फ १५ जना गरि जम्मा ३५ जना सहभागी रहेका थिए ।

उक्त तालिमको समापन कार्यक्रममा राष्ट्रिय अपांग पुनःस्थापना समाजका अध्यक्ष सुनिला शाहा हमालको सभापतित्वमा भिमेश्वर नगर पालिका प्रमुख ईश्वर नारायण मान्नधरको प्रमुख आतिथ्यतामा, प्रमुख जिल्ला अधिकारी  कोमल प्रशाद धमला , एल.डि .एस .सी (युएसय) को कन्ट्री डाईरेक्टरको टिम, भिमेश्वर नगरपालिकाको प्रशासकीय अधिकृत  माधब प्रशाद सुबेदि , युवा नेता समाजसेबी राकेश श्रेष्ठ लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो। तालिममा सहभागीहरु एकसेट औजारहरु बितरण गरिएको थियो ।

Back to top button