विद्यालय जस्तो पबित्र शैक्षिक स्थलको बदनाम नगर्न प्रदेश सांसद काफ्लेको आग्रह

दोलखा । विद्यालय जस्तो पबित्र शैक्षिक स्थलको बदनाम नगर्न प्रदेश सांसद कुन्दनराज काफ्लेको आग्रह गर्नुभएको छ । दोलखाको गौरीशंकर गाउपालिका – ५ सुरिमा रहेको हलेश्वर माध्यामिक  विद्यालयमा भएको शिक्षकहरु बिबादको घटनाको बिषयलाइ लिएर काफ्लेलेले शैक्षिक स्थलको बदनाम नगर्न र  विद्यार्थीहरुको भबिस्यमाथि खेलवाड हुने कुनै पनि गतिविधि नगर्न विद्यालय परिवारलाइ आग्रह गर्नुभएको हो ।

सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै काफ्लेले
गौरीशंकर गाउँपालिका आफैंमा बिकट गाउँपालिका रहेको र गाउँपालिकाले शिक्षा क्षेत्रको विकासमा फड्कको मारिरहेको अवस्थामा नमुना विद्यालयमा यस्तो खालको घटना हुनु दुखद कुरा भएको बताउनुभएको छ ।

शिक्षकहरु बिच भएको घटनाको बिषयमा गौरीशंकर गाउँपालिकका शिक्षा शाखा प्रमुख सँग कुराकानी गरि बिस्तृत रुपमा जानकारी लिएको बताउदै उहाँले गाउँपालिकाले जानकारी दिए अनुसार शिक्षकहरुको विवाद  गाउँपालिकामा छलफल गरि मिलापत्र गरिसकेको र विद्यालयका प्रअ को बिषय पनि छिट्टै नै टुंगोमा पुर्याउने बताएको उहाँले बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले आफू जिल्ला बाहिर रहेको र घटना प्रती दुख लागेको बताउदै आफु जिल्ला फर्केर छिट्टै नै ब्यवस्थापन समिती र शिक्षकहरु बिच छलफल गरेर टुंगोमा पुर्याउने बताएको काफ्लेको भनाइ छ ।
गौरीशंकर गाउँपालिका, गाउँपालिकाको शिक्षा समिती,विद्यालय ब्यवस्थापन समिती विद्यालयका प्रअ लगायत शिक्षकहरुलाइ विद्यालयलाइ असर पुग्ने कुनै पनि क्रियाकलाप नगर्न काफ्लेले आग्रह गर्नुभएको छ ।सो विद्यालयमा बरियताको बिषयलाइ लिएर प्रअ र शिक्षकहरु बिच बिबाद भएको थियो ।

उहाँले फेसबुकबाट

Back to top button