जिल्ला शिक्षा समन्वय इकाई दोलखामा विद्यालय कर्मचारीको धर्ना

दोलखा । आफ्ना माग सरकारले सुनुवाइ नगरेको भन्दै दोलखाका सामुदायिक विद्यालयका कर्मचारीले जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिएका छन् ।

सरकारले सामुदायिक विद्यालयमा कार्यरत सहायक र सहयोगी कर्मचारीहरुलाई सामान्य सेवासुविधा नदिएर विभेद गरेको भन्दै बुधबार समन्वय इकाई दोलखामा उनीहरुले धर्ना दिएका छन् । उनीहरु सरकारको नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम बजेटमा नपरेको भन्दै प्रधानाध्यापकलाई विद्यालयको चाबी बुझाएर आन्दोलनमा उत्रेका हुन् ।

सेवा सुविधा र सामाजिक सुरक्षाको ग्यारेन्टी सरकारले नगरेपछि आन्दोलन गर्नु परेको विद्यालय कर्मचारी जिल्ला संयोजक शंकर बस्नेतले बताए । माग सुनुवाइ नभए विद्यालय ठप्प पार्ने चेतावनीसमेत कर्मचारीहरुले दिएका छन् । – ekantipur

 

Back to top button