स्थानीयहरु सँग बिकासका योजना माग्दै वडा कार्यालय

दोलखा । जिल्लाको मेलुङ गाउँपालिका -७ ले आर्थिक वर्ष ०७९/८० को समिक्षा तथा ०८०/८१ को योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार वडा कार्यालयमा स्थानिय र जनप्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सोहि वडाका वडा अध्यक्ष नवराज खड्काले एक वर्षमा वडा भएका बिकासका काम हरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उपस्थित भएका स्थानीयहरुले पहिलो पटक वडा बाट भएका बिकासको कामको जानकारी पाउदा खुसी लागेको बताएका छन । वडाले यसरी योजना तर्जुमा राख्दा आफ्नो गाउँ टोलको समस्या सुनाउन र बिकासका योजना माग्न पाउदा खुसी लागेको स्थानीय मोहन भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो आफ्नो गाउँबाट टिपोट गरेर ल्याएका समस्या र माग हरु जनप्रतिनिधिलाई पेश गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
शिक्षकहरुले शिक्षा क्षेत्र लाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन।

कार्यक्रममा उपस्थित भएका अधिकांश स्थानीयहरुले गाउँपालिकाले गरेको बिकासमा कुनै समस्या नभएको तर प्रदेश सरकारले बिनियोजन गरेको बजेटको चरम दुरुपयोग भएको बताएका छ्न ।
कार्यक्रममा वोल्दै मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले स्थानीय सरकार यस्तो सरकार हो जुन सरकारलाई स्थानीयहरुले सजिलै भेट्न र आफ्नो समस्या राख्न पाइने सरकार भएको बताउनुभएको छ। निर्वाचन अगाडि जुन पार्टिको चिन्ह लिएर निर्वाचनमा हिडे पनि निर्वाचित भएपछि पार्टी भन्दा माथी रहेर बिकास निर्माणको काममा लाग्नुपर्ने बताउनुभयो । बिगतका तुलनामा चालु एक वर्ष भित्र मेलुङ गाउँपालिकामा बिकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताउदै अध्यक्ष तामाङले बिकास गर्ने काम गाउँपालिकाको भएको र त्यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीयहरुको नै भएको बताउनुभयो ।युवा लक्षित कार्यक्रम गर्न खोजिए पनि गाउँमा युवाहरू दिनप्रतिदिन घट्दै गएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले ५ वर्ष भित्र मेलुङ गाउँपालिकाले जनताको माग अनुसार बिकास गर्ने बताउनुभयो । कहिलेकाही काम गर्दै जादा केही कमजोरी हुने बताउदै आचार्यले आगामी दिनमा कमजोरीलाई सुधार्दै बिकासका कामलाइ तिब्रता दिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा समाजबादी पार्टीका केन्द्रिय सदस्य रबिन्द्र कार्किले बिकास निर्माणको कुरा भनेको बोल्दैमा हुने कुरा होइन त्याग र तपस्याले मात्र हुने कुरा रहेको बताउनुभयो । अहिले ब्यवस्थाको कमजोरी नभएको तर देशमा यस्तो अवस्था ल्याउनेहरुको कमजोरी भएको बताउनुभयो । वडा वडा टोल टोल पुगेर आवस्यकता हेरेर योजना छुट्याउनुपर्ने कार्किले बताउनुभयो ।

कार्यक्रम उठेका प्रश्नमा जवाफ दिदै कार्यक्रमका अध्यक्ष एवम वडा अध्यक्ष नवराज खड्काले दिनुभएको थियो ।कार्यक्रम विभिन्न राजनीति दलका प्रतिनिधि ,शिक्षक, बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

 

Back to top button