पुरस्कारको रकम अक्षय कोषमा जम्मा गर्ने तामाकोसीका उत्कृष्ट शिक्षक कार्किको घोषणा

श्री कृष्ण काफ्ले / दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकामा उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत भएका सन्तोष कार्किले आफुले पुरस्कार बापतको रकम विद्यार्थी छात्रवृत्ति अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका छन ।
बिषयगत शिक्षक तर्फ अङ्ग्रेजी बिषयमा गाउँपालिका उत्कृष्ट भएका कार्किले आफुले पाएको पुरस्कार बापतको ७ हजार ५ सय अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका हुन।
गाउँपालिका – १ भिरकोटको नारायणी माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएका कार्की कुशल र इमानदार शिक्षकको रुपमा परिचित रहेका छन ।

सोही वडाको भिमेश्वर बहुउद्देश्यीय सहकारीमा स्थापना गरिएको अक्षय कोषले बार्षिक २ जना विद्यार्थीलाई छात्रवृत्ति दिदै आएको छ ।आगामी वर्षबाट ३ जना विद्यार्थीलाई छात्रवृत्ति दिने योजना रहेको शिक्षक कार्किले बताए ।

 

Back to top button