काफ्ले समाज दोलखाको अध्यक्षमा रामप्रसाद काफ्ले

दोलखा । काफ्ले समाज दोलखाको अध्यक्षमा राम प्रसाद काफ्ले चयन भएका छन ।
शनिबार दोलखाको तामाकोसी गाउँपालिका -३ जफेमा भएको काफ्ले बन्धुहरुको जिल्ला भेलाले सोहि वडाका वडा अध्यक्ष काफ्लेलाइ अध्यक्षमा चयन गरेको हो ।
समाजको उपाध्यक्षमा उपेन्द्र काफ्ले रअम्बिका काफ्ले सचिवमा केशव काफ्ले ,सह सचीवमा बालकृष्ण काफ्ले,कोषाध्यक्षमा डण्डापानी काफ्ले, सह कोषाध्यक्षमा कवि प्रशाद काफ्ले सहित १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ
जिल्ला भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काफ्ले समाजका निवर्तमान केन्द्रिय अध्यक्ष गुणराज काफ्लेलेले काफ्लेहरुको छुट्टै इतिहास रहेकाले जिल्लामा कार्य समितिले काफ्ले दाजुभाइहरुलाइ एकजुट बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य लक्ष्मण काफ्लेले सहयोग र योगदान गर्नका लागि काफ्ले समाजको गठन गरिएको बताउनुभयो । विभिन्न जिल्लाको काफ्लेहरुले आफुहरु दोलखाको भिरकोटबाट नै आउने गरेको बताउने गरेको उहाँको भनाइ छ ।काफ्लेहरुको खोजी गर्ने र विभिन्न क्षेत्रमा कार्यरत काफ्लेहरुलाइ एकजुट बनाउने मुख्य उदेश्य रहेको काफ्लेले बताउनुभयो ।
बाग्मती प्रदेश उपाध्यक्ष प्रयागराज काफ्लेले आफ्नो दाजुभाइ सग भेटघाट ,चिनजान गर्न पाउदा अत्यन्त खुसी लागेको बताउनुभयो ।
काफ्ले समाज बागमती प्रदेशका अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षता भएको कार्यक्रममा दोलखाका विभिन्न ठाउँका काफ्लेहरुको उपस्थिति रहेको थियो ।
२०५९ सालमा स्थापना गरिएको काफ्ले समाज गैरनाफामुलक संस्था हो

 

Back to top button