नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त रूपमा बुझायाे ध्यानाकर्षण पत्र

शिब सापकाेटा/ दोलखा                             नेपाल शिक्षक संघ  र एकीकृत अखिल नेपाल शिक्षक संगठन भीमेश्वर नगरसमितिले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएको छ।नगरभित्रका शैक्षिक मुद्दाहरुको सन्दर्भमा भीमेश्वर नगरपालिकाको नगरप्रमुख, उपप्रमुख ,प्रमुख प्रशासकिय अधिकृत, शिक्षा युवा तथा खेलकुद शाखा र नगरपालिकाको प्रबक्तालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सामुदायिक विद्यालयमा शैक्षिक अबस्था खस्कदाे अबस्थामा रहेकाे सम्पुर्णमा अवगत नै रहेकाले त्यस्ताे अबस्थामा भिमेश्वर नगरमा विज्ञान शिक्षक लाइ काजमा राखिएकाे तथा नगरभित्र सञ्चालन हुने परिक्षा एकृकित तरिकाले लिनु पर्ने ,विद्यालयमा प्रअ काे जिम्मेवारि स्थायि शिक्षक लाई मात्र दिनु पर्ने , राष्ट्पति रिनङ शिल्डमा नगरपालिका बाट तयारिकाे लागि बजेट विनियाेजन गर्नु पर्ने ,न्युन तलबमा काम गर्ने विद्यालय कर्मचारिलाई नगरकाे आन्तरिक स्रोत बाट भएपनि समय सापेक्ष तलब दिनु पर्ने , शिक्षक र कर्मचारिलाई उत्पेरित गर्न विभिन्न कार्यक्रम गर्नु पर्ने जस्ता माग लिएर दुई शिक्षक संगठनले ध्यानाकर्षण पत्र बुझाएको शिक्षक संघ भिमेश्वरका अध्यक्ष युवराक पाठकले बताए ।
ध्यानाकर्षण  तत्काल कायान्वय नभएमा भिमेश्वर नगर शिक्षा शाखामा तालाबन्दि गर्ने पाठकले चेतावनीसमेत दिए  ।

Back to top button