घट्टेखोला पुल बनेपछि यात्रामा सहज

दोलखा । सेराबेसी घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतकोको पुर्वाधार बिकास कार्यलय सिन्धुपाल्चोकको लगानीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई यात्रा गर्न सहज भएको हो ।

यसअघि पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । पक्की पुल निर्माण सकिएपछि यस भेगका नागरिकलाई हिउँद तथा वर्षातको समयमा खोला पार गर्न सहज भएको शैलुङ गाउँपालिका -४ का नरेन्द्र सुबेदिले बताउनुभयो ।
असारमा रोपाइ गर्नु पारी खेत जानुपर्थ्यो ,खोला बढेपछि पारी नै बास बस्नुपर्ने समयमा रहेकोमा पुल बनेपछी सो समस्याको अन्त्य भएको सुबेदिले बताउनुभयो ।

पुल बनेपछी कृषि बाली सदरमुकाम चरिकोटका बजार सम्म लैजान सहज भएको अर्क स्थानीय सिताराम कायस्थले बताउनुभयो । स्थानीयले उत्पादन गरेको गहु धान लसुन प्याज, आलु लगायतका बालीहरु कृषकको खेतबारिबाट नै बिक्रि हुने थालेपछि किसानहरूमा खुसी छाएको कायस्थको भनाइ छ ।

२०७७ असार १५ मा करिव ४ करोडमा ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिएको थियो । बताउनुभयो ।
पुलको ३५ मिटर लम्बाई रहेको छ । पुल बनेपछि बाह्रै महिना शैलुङ चरिकोट सडक खण्डमा यात्रा गर्न सहज भएको छ ।

 

Back to top button