२ सय ७० घरमा एक घर एक धारा

असार १७ गते
दोलखा । खानेपानीको समस्या भएको दोलखा बैत्यश्वर गाउँपालिका –६ मा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएका सो वडाका २ सय ७० घरमा  खानेपानीका घारा जडान गरिएको छ । पानीको समस्या रहेका क्षेत्र नाम्दु कोटगाउँ ,गैरागाउँ ,डाँडागाउँ,पाखाटोल लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पुर्याइएको सोही वडाका वडा अध्यक्ष अशोक तामाङले बताउनुभयो ।
अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा अहिले व्यवस्थित धारा जडान भएको स्थानीय मान बहादुर तामाङ घिसिङले बताउनुभयो । अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस स्थानका स्थानीयहरु खुशीले दंग परेको घिसिङले बताउनुभयो। उहाँहरुले पानी थाप्नको लागी को पालो समेत पर्खनुपर्ने बाध्यता थियो ।
स्थानीहरु पानी ल्याउनकै लागि टाढा टाढा सम्मका स्थानमा पुग्ने गर्नुहुन्थ्यो । जाँदा बित्तिकै पालो पाइए कम्तीमा आधादेखि एक घण्टा समय खर्चनुपर्थ्यो । तर अहिले घरमै खानेपानीको धारा आएको छ । जसले गर्दा आफ्नो दैनिकी फेरिएको स्थानीय रिता तामाङले बताउनुभयो । “बिहानभरि पानीकै लागि समय खर्चनुपर्थ्यो, समय धेरै, पानी कम हुन्थ्यो”, उहाँले भन्नुभयो  “अहिले घरमै पानी आउँदा निकै सहज भएको छ ।”
मिलन कृष्ण लामालाइ पनि अहिले पानीकै लागि समय खर्चनुपर्ने बाध्यता छैन । घरमै पानी आएपछि पिउनका साथै खाना पकाउन, भाडा माझ्न, नुहाउन, कपडा धुन, गाई बाख्रालाई दिन एवं तरकारी लगाउन समेत सहज भएको उहाँको भनाइ छ । “खोलाको पानी घरमा आउला भन्ने लागेको पनि थिएन”, उहाँले भन्नुभयो“पानी आएसँगै आधाभन्दा धेरै काम घटेको छ ।”
घरमा पानी आएसँगै घर गृहिणीमात्र होइन, विद्यार्थीलाई पनि सहज भएको शिक्षकहरुले बताउनुएको छ । पानीकै लागि घण्टौं समय खर्चिएका विद्यार्थीले अहिले नियमित पढ्न पाएका छन् । “पानी लिन जाँदा समयमा विद्यालय पुग्न सकिएको थिएन, राम्रोसँग पढ्न पनि पाइएको थिएन ।
वडाले ४ वर्षभित्र सबै घरमा धारा पुर्याउने योजना रहेको वडा अध्यक्ष अशोक तामाङले बताउनुभयो ।गेरागाउँ बस्तीमा वडा नम्बर ५ को यार्सा भन्ने ठाँउबाट ६० हजार लिट। क्षमताको ट्याङ्की निमार्ण गरेर पानी ल्याइएको उहाँको भनाई छ।
अहिले सो वडाका करिब पाँच सय घरमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाले आगामी ४ वर्षभित्र सबै घरमा खानेपानीको धारा पुर्‍याउने गरी विभिन्न आयोजना सञ्चालन गरिरहेको छ ।

Back to top button