थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ विमोचन

सिंगटी नेपालको अतिसिमान्तकृत थामी जातिले आफ्नो कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेका छन् । जिल्लाको विगु गाउँपालिकाको आर्थिक सहयोगमा थामी समुदायको साझा संस्था नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो । उक्त कर्मकाण्डको दोलखा जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’, वाग्मती प्रदेशसभा सांसदहरु
कुन्दन काफ्ले, ठुला थामीले विगु गाउँपालिका–४, सिंगटीमा आयोजित एक समारोहकाबीच संयुक्त विमोचन गरे ।
कार्यक्रममा वोल्दै सांसदहरुले संस्कार संस्कृति संरक्षणका लागि कर्मकाण्डले सहयोग पुग्ने भन्दै मौलिक संस्कृति जोगाउन सबै लाग्नुपर्ने
बताए ।
झण्डै सात सय पेजको कर्मकाण्डमा थामी जातिको जन्मदेखि मृत्युसम्मको विषय समाबेश गरिएको छ । थामी भाषमा लेखिएको कर्मकाण्डमा कुलपुजा, भुमेपुजा,जन्म, बिवाह, मृत्यु लगायतका अध्याय राखिएका छन् । हरेक राज्यहरुमा झाँक्रीहरुले मानवजाति र थामी समुदायको उद्भव, विकास र विस्तारका सन्दर्भमा फलाक्ने मन्त्र, मौखिक ईतिहाँसलाई पुस्तकमा लिपिबद्ध गरिएको छ

तीन दर्जन बढी झाँक्रीहरुसँगको व्यक्तिगत र सामुहिक छलफलका आधारमा कर्मकाण्ड तयार पारिएको कर्मकाण्डका संकलक÷सम्पादक लक्ष्मण थामीले
जानकारी दिए । थामी समुदायको बाहुल्य क्षेत्र विगु गाउँपालिका वडा नम्बर ६, ७ र ८, कालिञ्चोक गाउँपालिका वडा नम्बर १, २, ५, ६ र ९, भीमेश्वर
नगरपालिका वडा नम्बर १, २ र ९, मेलुङ गाउँपालिका वडा नम्बर ७ का झाँक्रीहरुसँग बिभिन्न चरणमा छलफल÷अन्तरक्रिया भएको थियो ।
थामी समाज दोलखाका अध्यक्ष होम थामीले समुदायको समग्र विषय समेटेर पहिलोपटक बिस्तृत कर्मकाण्ड प्रकाशनमा आएको र जिल्लामा मात्र नभएर देश/बिदेशमा समेत यही कर्मकाण्ड प्रयोगमा ल्याईने बताए । ‘विगतमा पनि
सिलोके पालाखे निर्माणका बिभिन्न प्रयासहरु नभएका होईनन्, तर यो पटक बिस्तृत रुपमा प्रकाशनमा ल्याईएको छ, उनले भने ।’विगु गाउँपालिका उपाध्यक्ष देविका थामीले झाँक्रीहरुसँग रहेको तुथरबेद
मासिँदै गएकाले संरक्षणका लागि गाउँपालिकाको नीति, योजना, कार्यक्रम र बजेटमा सम्बोधन गरिएको बताईन् । कार्यक्रममा सिलोके पालाखे निर्माणमा
योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

Back to top button