बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन लिफ्टिङ सिंचाई

असार २३ गते
दोलखा । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय दोलखाले किसानहरुको खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन लिफ्टिङ सिंचाई योजनाको कामलाई तिब्रता दिएको छ । सिंचाइका लागि पर्याप्त पानी अभावका कारण गाउँको जग्गा बाँझै नरहोस भन्ने उदेश्यले लिफ्टिङ प्रविधि मार्फत सिंचाइको योजना निमार्ण गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाको तामाकोसी गाउँपालिका ४ शहरेमा ६० लाख रुपैया लगानीमा किर्ने लिफ्टिङ सिंचाई योजना निमार्ण गरिएको कार्यालयले जनाएको छ । गत वर्ष २४ लाख लागतमा सुरु गरिएको लिफ्टिङ सिंचाई योजनाको आगामी आर्थिक वर्ष पुरा गरिने किर्ने लिफ्टिङ सिंचाई योजनाका अध्यक्ष यम प्रशाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो यसपालिको बजेटमा काम सम्पन्न नभएकाले आगामी आर्थिक वर्षका लागी २० लाख बजेट विनियोजन भएको र सो बजेटबाट काम सम्पन्न गर्ने योजना रहेको छ । ८ सय मिटर तल तामाकोसी नदिबाट लिफ्टिङ मार्फत ल्याइएको पानीले शहरेका करिब ५ सय रोपनी खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पुग्ने सुवेदिले बताउनुभयो ।
लिफ्टिङ निर्माण थालेसँगै बाँझो रहेको जमिनमा समेत खेती गर्न पाइने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सिंचाइका लागि पर्याप्त पानी अभावका कारण गाउँको जग्गा बाँझै थियो । स्थानीय कृषक कर्ण प्रशाद फुयालले भन्नुभयो, “अर्को वर्षबाट बाँझो जग्गामा हरियाली हुनेभयो । पर्याप्त पानी उपलव्ध हुने भएपछि काम गर्न उत्साह समेत थपिएको उहाँको भनाई छ ।
जिल्लाको भिमेश्वर नगरपालिका ४ मा चर्नावती ७४ लाखमा लिफ्टिङ सिंचाई योजना निमार्णको काम सुरु गरिएको छ । ६ करोड लागत अनुमान गरिएको सो योजनाको ट्याङ्की निमार्ण गर्ने काम सम्पन्न भएको योजना निमार्ण समितीका अध्यक्ष पुष्कर बस्नेतले बताउनुभयो ।
खोला तथा नहरको पानीलाई पाइपको माध्यमवाट लिफ्टिङ गरि ट्याङ्की निमार्ण स्थल सम्म पुर्याएर सो पानीलाइ किसानको खेतमा पठाइने कार्यालयका इन्जिनीयर प्रकाश भट्टराइले बताउनुभयो । सिधै किसान जमिनमा पठाउदा भन्दा ट्याङकीमा जम्मा गररे पानि पठाउदा प्रभावकारी हुने उहाँको भनाइ छ ।
जलश्रोत तथा सिंचाई डिभिजन कार्यलय दोलखाका प्रमुख निर्मल दाहालले लिफ्टिङ सिंचाई योजनाको प्रमुख उदेश्य किसानहरुको जीवनस्तर उकास्नु नै भएको बताउनुभयो । स्थानीय सिंचाई योजनाबाट बाह्रै महिना खेतवारीमा सिंचाई गर्न सहज हुने उहाँको भनाई छ । लिफ्टिङ सिंचाई आयोजना उपभोक्ता समितिले निर्माण गरिरहेका उहाँको भनाई छ । जिल्लाको बैत्यश्वर र तामाकोसि गाउँपालिकाका विभिन्न स्थानमा लिफ्टिङ सिंचाइ योजनाको काम भइरहेको दाहालले बताउनुभयो ।
गाउँको खेतीयोग्य जमिनलाई लच्छित गरी लिफ्टिङ आयोजना सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सिंचाईको अभावमा गाँउका नागरिक बिस्थापित हुने अवस्था थियो, अव योजना सम्पन्न भएपछि खेती हराभरा हुने किसानहरुले बताएका छन ।
फोटो क्याप्सन : निमार्णाधीन लिफ्टिङ सिंचाइ योजना

 

Back to top button