बैतेश्वर गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट गाउँसभाबाट पारित

दोलखाको बैतेश्वर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १३औँ गाउँसभा तथा अधिवेशनबाट पारित भएको छ।गाउँपालिकाले आगामी आर्थिक वर्षको लागी ५० करोड ९८ लाख ८८ हजार ३ सय ४५ रुपैयाँ बजेट गाउँसभा बाट पारित गरेको हो।आज सोमबार गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षयतामा उद्घाटन गरिएको १३औँ गाउँसभाको बजेट अधिवेशनमा पालिका उपाध्यक्ष कल्पना उप्रेतीले आगामी आर्थिक वर्षको लागी तयार पारेको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।सभामा उपाध्यक्ष उप्रेतीले पूर्वाधार बिकास तर्फ २२ करोड ८२ लाख ७८ हजार बजेट विनियोजन गरेको छ।आर्थिक बिकास तर्फ २ करोड ५६ लाख ८० हजार,सामाजिक बिकास तर्फ १६ करोड ७० लाख,सुशासन तर्फ ८० लाख ५० हजार,कार्यालय संचालन तथा प्रशासनिक तर्फ ८ करोड ९४ लाख राजस्व बाँडफाँड तर्फ १ करोड ८४ लाख,समपुरक अनुदान तर्फ एक करोड ५० लाख गरी रु ५० करोड ९८ लाख ८८ हजार बराबरको बजेट पारित गरेको हो।गाउँपालिकाले आगामी बजेटमा मुख्य प्राथमिकता ग्रामीण सडक स्तरोन्नतिलाई दिएको छ।स्थानीय ८ वडाका मुख्य सडक स्तरोन्नति तथा ढलान र पिच गर्न,स्थानीय पक्की गोरेटो बाटो निर्माण गर्न २२ करोड ८२ लाख विनियोजन गरेको हो।पालिकाको मुख्य प्राथमिकतामा रहेका सडकहरुमा बुस्ती-पुतलिकाठलाई रु २ करोड ,गोपि जिरमाने सडकलाई २ करोड,मैनापोखरी क्षेत्रपा सडकलाई २ करोड,पाइले निम्कोट पाडु डाँडा सडकलाई १ करोड विनियोजन गरेको छ।त्यसैगरी समपुरक अनुदान अन्तर्गत नाम्दु- पाँडुडाँडा सडकलाई १ करोड २५ लाख,ज्यामिरे बगर सडकलाई ५० लाख,अस्पताल गाउँपालिका सडक लाई ५० लाख,च्यान्डाँडा छाप सडक लाई ५० लाख विनियोजन गरेको छ।त्यसैगरी सूचना तथा प्रविधि तर्फ ४५ लाख।महिला बालबालिका कार्यक्रमको लागी १० लाख,लघु उधम कार्यक्रम तर्फ ३ लाख,कृषि तर्फ २२ लाख,शिक्षा तथा खेलकुद बिकास तर्फ १ करोड ४३ लाख।पालिकाले बालबिकास सहज कर्ताको तलब वृद्धि समेत गरेको छ।त्यसैगरी स्वास्थ्य तर्फ १ करोड ५२ लाख,पशु भेटेरेनरी तर्फ २१ लाख २० हजार,न्यायिक समितिलाई ४ लाख ५० हजार र चालु तर्फ ८ करोड ९४ लाख बजेट विनियोजन गरेको छ।

Back to top button