एसईइ परीक्षामा समावेश भएका सामुदायिक विधालयका विधार्थीहरूलाई सम्मान

 

दोलखा । एसईइ परीक्षामा समावेश भएका सामुदायिक विधालयकामकारबाहीमा  विधार्थीहरूलाई सम्मान गरिएको छ । भिमेश्वर नगरपालिका वडा नम्बर ५ ले सामुदायिक विधालयको विधार्थीहरूलाई सम्मान गरेको हो।

बुढाभिम्सेन माध्यामिक बिधालयबाट २५ जना महेन्द्रोदय माध्यामिक बिधालयबाट १४ जना गरि ३९ जना विद्यार्थीलाई सम्मान गरिएको सोही वडाका वडा अध्यक्ष बासु श्रेष्ठले बताउनुभयो ।

एसईइमा ३.१ जिपिए ल्याउने नगद ४ हजार सहित प्रमाण पत्रले सम्मानित गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख ईश्वर नारायण मान्नधर, विशेष अथिती नगर उप- प्रमुख कमला बस्नेत, अथितीहरू शंकरलाल श्रेष्ठ, राजन कार्की, लक्ष्मी भुजेल, स्कुल व्यवस्थापन समिती, विभिन्न संघ संस्थाका प्रतिनिधि र अभिभावक तथा विधार्थीहरूको विच भव्यताका साथ सम्पन्न भएको थियो।

Back to top button