मालुको गोल्मेश्वर माध्यमिक विद्यालयमा निशुल्क कृषि प्राबिधिक शिक्षा

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकामा  निशुल्क कृषि प्राबिधिकको कक्षा संचालन हुने भएको छ ।
गाउँपालिका -४ मालुको गोल्मेश्वर माध्यामिक विद्यालयमा ३ वर्षे कृषि प्राबिधिकको कक्षा निशुल्क हुने भएको हो ।आर्थिक अभावकै कारण कोहि पनि विद्यार्थी प्राबिधिक शिक्षाबाट बन्चित हुन नदिने उदेश्यले निशुल्क शिक्षा दिन लागिएको तामाकोसी गाउँपालिकाका शिक्षा समिती सदस्य एवम गोल्मेश्वर माध्यमिक विद्यालय ब्यवस्थापन समिती अध्यक्ष गोपाल तिमल्सिनाले बताउनुभयो ।
३ वर्षे कृषि प्राविधिक अध्ययनकाे लागि अध्ययन गर्न चाहने विद्यार्थीले तत्काल सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न तिमल्सिनाले आग्रह गर्नु भयो ।

 

Back to top button