नेपाल राहात शिक्षक तामाकोसी गाउँपालिकाको अध्यक्षमा सन्तोष खड्का

दोलखा । नेपाल राहत शिक्षक तामाकोशी गाउँपालिकाको दोस्रो अधिवेशनबाट सन्तोष खड्का पालिका स्तरिय राहत शिक्षक समिति अध्यक्षमा सर्व सर्वसम्मत चयन हुनु भएको छ । अधिवेशनले १५ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा इन्दिरा खड्का र नविन ढकाल चयन हुनुभएको छ भने सचिव गुणराज काफ्ले, सहसचिव बावुकाजी आपागाई , कोषध्यक्ष सविता दाहाल रहनु भएको छ ।
पालिका स्तरिय राहत शिक्षक समितिको सदस्यमा मनिका दाहाल कार्की, देवराज पोखरेल, श्यामसुन्दर यदव, वीरबहादुर खड्का, इश्वर काफ्ले, प्रदिप महत, रिता खड्का आपागाई रहनु भएको छ । समितिको सम्पुर्ण कार्यसतिति सर्वसम्मत चयन हुनु भएको हो ।
दास्रो अधिवेसनमा केन्द्रिय महाधिवेसन प्रतिनिधि पवनराज खड्काको उपस्थिति रहेको थियो भने कार्यक्रममा जिल्ला समिति सचिव रोसन शर्मा, नेपाल शिक्षक संघ तामाकोशी पालिका अध्यक्ष सन्तोष कार्की, शिक्षक खुश बहादुर घिमिरे लगाएतले आन्दोलन, अधिकार प्राप्ति, शिक्षकको भुमिका लगाएतको विषयमा प्रष्ट पार्नुभएको थियो । अधिवेशनमा पालिमा कार्यरत राहत शिक्षकहरुको उपस्थिति रहेको थिया । कार्यक्रमको सहजिकरण रेशम बहादुर फुयालले गर्नुभएको थियो ।

Back to top button