राष्ट्रिय युवा संघ नेपाल दोलखाको जिल्ला अधिवेशन भाद्र २२ र २३ गते हुने

दोलखा । राष्ट्रिय युवा संघ नेपाल दोलखाको जिल्ला अधिवेशन भाद्र २२ र २३ गते हुने भएको छ । शनिबार सदरमुकाम चरिकोटमा बसेको युवा संघ दोलखाको बैठकले वडा देखि जिल्ला अधिवेशनको समय तोकेको हो ।

साउन मसान्तसम्म ७४ वटै  वडाको वडा अधिवेशन, भाद्र १२ गतेसम्म २ नगरपालिका र ७ गाउँपालिका गरेर ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको युवा संघ दोलखाले जनाएको छ ।

जिल्ला अध्यक्ष भुवन गुरुङको अध्यक्षतामा सप्पन्न बैठकमा  राष्ट्रिय युवा सघ नेपालको केन्द्रिय उपाध्यक्ष सिता सुवेदी, केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, युवा संघ दोलखाको सह-इन्चार्ज धिरज सुवेदी, युवा संघ  बागमती प्रदेश सचिव राजु तिवारी, नेकपा एमाले दोलखाका अध्यक्ष नर ब श्रेष्ठको लगायतको उपस्थितमा बैठक सप्पन्न भएको थियो ।

अधिवेशन दोलखा सदरमुकाम चरिकोटमा हुने युवा संघ दोलखाले जनाएको छ ।

Back to top button