क्षेत्रपाका कृषकहरुलाई बिरुवा बितरण

दोलखा । जिल्लाको बैत्यश्वर गाउँपालिका -८ क्षेत्रपाका स्थानीयहरु बिरुवा बितरण गरिएको छ ।
बर्षातको समय सुरु भएसंगै किसानहरुको मागअनुसार फलफुल लगायतका बिरुवाहरु बितरण गरिएको हो ।

वडाका स्थानीयहरुलाइ भूगोल र बाताबरण अनुसार उपयुक्त हुने फलफुल र घासका ४ हजार भन्दा बढी बिरुवा बितरण गरिएको वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताउनुभयो ।
कागती ६ सय ,अम्वा ६ सय , कटुसका ७ सय ओखरका २ सय , नेपियर घासका एक हजार र सुपर नेपियर घासका एक हजार गरेर ४ हजार १ सय बिरुवा बितरण गरिएको उहाँले बताउनुभयो ।
फलफुल खेतीमा किसानहरुको आकर्षण बढीरहेको उहाँको भनाइ छ।
स्थानीयहरुलाइ बिरुवा बितरण गर्दै वडा अध्यक्ष जिरेलले बिरुवा रोपेर मात्र नहुने बताउदै रोपिएका  बिरुवाको उचित संरक्षण गर्नुपर्ने बताउनुभयो ।

Back to top button