आलु खेतीबाट लाखौं आम्दानी गर्दै क्षेत्रपाका किसान

चरीकोट, साउन १८ गते
दोलखाको बैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका रत्न बहादुर कार्कीले वर्षमा करिब ३ लाख रुपैयाँको आलु बिक्री गर्नुहुन्छ । उहाले गत वर्ष २ लाख रुपैँयाको आलु बेच्नुभएका कार्कीले यो वर्ष थप १ लाखको आलु बिक्री गर्नुभयो । उहाँका छिमेकी शिब बहादुर कार्काीले गत वर्ष करिब ५ लाख रुपैयाँको आलु बेच्नुभयो । उहाँ अहिले गत वर्ष भन्दा यो वर्ष आलुको उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उहाँको भनाई छ । उहाँहरुमात्र हैन सो भेगका १ सय १२ घरपरिवारका किसानहरु आलु खेती गर्नुहुन्छ । उहाँहरुले उत्पादन गरेको सबै आलु रानधानी काठमाडौ लगायतका विभिन्न जिल्लामा बिक्री हुने गरेको छ ।
यहाँका किसानहरुलाई आजभोली आलु खन्ने तथा बिक्री गर्ने चटारो छ। आम्दानीको मुख्य स्रोत आलु खेती भएकाले पनि हिजोआज प्रायः सबै स्थानीय आलु खन्ने काममा व्यस्त देखिन्छन । भौगोलिक हिसाबले गाउँपालिकाकै दुर्गम मानिने एवोका स्थानीयले न्युनतम ४० हजार देखी ५ लाख सम्मको आलु बिक्री गर्दै आएका कृषक सीता कार्कीले बताउनुझयो ।
गत वर्ष ५० हजार बराबरको आलु बिक्री गरेकोमा यस वर्ष ८० हजार बराबरको आलु बित्री भएको कार्कीले बताउनुभयो ।मौसमले साथ दिएको कारण गत वर्षको तुलनामा यस वर्ष राम्रो आलु उत्पादन भएको अर्का किसान ललित बहादुर बस्नेतले बताउनुभयो ।

गाउँपालिका–८ क्षेत्रपाको यवो गाउँबाट वार्षिक १ करोड ४० लाख भन्दा बढीको आलु उत्पादन तथा निर्यात हुँदै आएको छ । आलु खेती तथा उत्पादनको हिसाबले पकेट क्षेत्रको रूपमा रहेको एवोबाट वार्षिक करोडौ रुपैयाँको आलु जिल्ला बाहिर निर्यात हुने गरेको सोही वडाका वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताउन्भयो ।

गत वर्ष १ करोड बराबरको आलु उत्पादन गरेर दोलखा बाहिर निर्यात गरेका यहाँका स्थानीयले यस वर्ष उत्पादन वृद्धि भएकाले गत सालको भन्दा ४० लाख बढीको आलु निर्यात हुने अध्यक्ष जिरेलले बताउनुभयो ।
एक सय १२ घर मध्ये तीन लाख बढीको आलु उत्फादन गर्ने १२ जना किसान रहेका छन् । त्यस्तै एक लाख देखी दुई लाख सम्मको आलु बिक्री गर्ने किसानको संख्या ६० जना रहेको छ । ३० हजार देखी एक लाख सम्मको आलु बित्री गर्नेहरु संख्या ३० देखी ३४ जना रहेको उहाँले बताउनुभयो।
साउन देखी भदौसम्म एवोको आलु राजधानी काठमाडौं तथा भारतको सिमानामा रहेको जिल्ला झापा निर्यात हुने गरेको स्थानीय आलु व्यवसायी हरि बहादुर कार्कीले बताउनुभयो ।कार्की एवोमा उत्पादन भएको आलु संकलन गरी जिल्ला बाहिर निर्यात गर्ने व्यवसायी हुनुहुन्छ । किसानको बारीमै पुगेर प्रति केहि ३० र ३१ रुपैयाँमा आलु उठाउदै आएको उहाँले बताउनुभयो । गाउँमा आफू जस्तै आलु संकलन गरेर बिक्री गर्न लैजाने अन्य थुप्रै व्यवसायी रहेको उहाँको भनाई छ । एवोका प्रत्येक घरमा आलुको थुप्रोले घर भरिएका छन् दैनिक साना बोलेरोले ४ देखि ७ पटकसम्म आलु ओसार्ने गरेको छ । व्यवसायीले झापा लाने आलु ५० केजीको बोरामा प्याकीङ गरेर लाने गरेका छन् भने,काठमाडौ लगायतका बजारमा ४० देखी ६० केजीको बोरामा प्याकीङ गरेर निर्यात गर्दै आएका छन्।

Back to top button