मिलिजुली कालिन्चोक साकोसको २ दिने नेतृत्व बिकास तालिम चरिकोटमा सुरु

दोलखा ।जिल्लाको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले भबिस्यका संचालहरुको नेतृत्व बिकास तालिम सदरमुकाम चरिकोट सुरु भएको छ ।
संस्थाको आयोजनामा सुरु गरिएको तालिम २ दिने तालिममा १८ जनाको सहभागी रहेको थियो ।
तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिवसराज खड्काले मिलिजुली कालिन्चोक साकोस जिल्लामा मात्रै नभएर देशका उत्कृष्ट सहकारीको सुचिमा समेत मिलिजुली सहकारीको नाम रहेको बताउनुभयो ।
भबिस्यका संचालकहरुको नेतृत्व बिकास तालिम दिने जिल्लाकै पहिलो सहकारी रहेको बताउदै उहाँले अरु सहकारिले पनि मिलिजुलीजो जस्तै तालिम प्रदान गर्नुपर्ने बताउनुभयो ।
सहकारिको संचालक बन्न सहकारिको क्षेत्रमा ज्ञान हुनुपर्ने बताउदै उहाँले तालिममा सहभागीहरु संस्थाको भाबी नेतृत्व लिन सक्ने भएकाले तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुदै संस्थाका संस्थापक रामदाश श्रेष्ठले संस्था जन्माउन धेरै संघर्ष गरेको बताउनुभयो । सुरुवाती चरणमा संस्था दर्ता गर्न आवश्यक पर्ने २५ जना जुटाउन धेरै नै मेहनत गर्नुपरेको बताउदै उहाँले आज संस्थाको कारोबार अरबौ रुपियाँ पुगेकोमा अत्यन्तै खुसी लागेको बताउनुभयो ।
उद्घाटन कार्यक्रम संस्थाका उपाध्यक्ष सरुना बस्नेत, सचीव ठाकुर प्रशाद पाठक, प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपाने लगायत उपस्थिति रहेको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका तालिम अधिकृत कोमल राज अधिकारिले सहाभागिहरुलाइ तालिम प्रदान गर्नुभएको थियो ।
शुक्रबारबाट शुरु भएको कार्यक्रम २ दिन सम्म चल्ने मिलिजुली कालिन्चोक साकोसले जनाएको छ ।

Back to top button