मिलिजुली कालिन्चोक साकोसको २ दिने नेतृत्व बिकास तालिम चरिकोटमा सम्पन्न

दोलखाको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले प्रदान गरेको भबिस्यका संचालहरुको २ दिने नेतृत्व बिकास तालिम सम्पन्न भएको छ ।

संस्थाको आयोजनामा सदरमुकाम चरिकोट शुक्रबार बाट सुरु गरिएको तालिममा १७ जनाको सहभागी रहेको थियो
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भिमेश्वर नगरपालिका प्रमुख इश्वरनारायण मानन्धरले नेतृत्व भन्ने बित्तिकै एउट जिम्मेवारी बुझ्नुपर्ने बताउनुहुदै संस्थाको कस्तो बनाउने भन्ने मुख्य भुमिका नेतृत्वको नै हुने बताउनुभयो ।

मिलिजुली कालिन्चोक साकोस जिल्लामा मात्रै नभएर देशका उत्कृष्ट सहकारीको सुचिमा समेत मिलिजुली सहकारीको नाम रहेको बताउदै मानन्धरले भबिस्यका संचालकहरुको नेतृत्व बिकास तालिम दिने जिल्लाकै पहिलो सहकारी रहेकोम खुसी ब्यक्ति गर्नुभयो ।
एउटै ब्यक्ति जुनसुकै तालिममा पनि सहभागी हुने गरेको बताउदै उहाँले तालिम लिएर मात्र केही नहुने तर लिएको तालिमा ब्यवहारमा लागू गर्न सकेमात्र तालिमको महत्व हुने बताउनुभयो । सहकारिको संचालक बन्न सहकारिको क्षेत्रमा ज्ञान हुनुपर्ने बताउदै उहाँले तालिममा सहभागीहरु संस्थाको भाबी नेतृत्व लिन सक्ने भएकाले तालिम महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । आजका नेतृत्व बिकास तालिम लिएकाहरु भोलिका सहकारीको नेतृत्व पुग्ने मानन्धरले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले संस्था सुरुवाती चरणमा निकै मिहिनेत गरेर सुरु गरिएको सहकारी आज अरबौको कारोबार गर्न सक्ने संस्था भएको बताउनुभयो । संस्थाले दोलखा सिन्धुपाल्चोक सहित राजधानी काठमाडौ समेत सेवा केन्द्र खोलेर सदस्यहरुलाइ सेवा दिइरहेको बताउनुभयो ।
संचालक समिती बनेपछि केही समय सिक्न नै लाग्ने र सिक्दासिक्दै कार्यकाल सकिने भएकाले भबिस्यमा संचालक हुन चाहनेको लागि नेतृत्व बिकास तालिम प्रदान गरिएको बताउनुभयो ।

समापन कार्यक्रम संस्थाका उपाध्यक्ष सरुना बस्नेत, सचीव ठाकुर प्रशाद पाठक, प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपाने , संचालक समितिका सदस्य राजेश उप्रेती लगायत उपस्थिति रहेको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका तालिम अधिकृत कोमल राज अधिकारिले सहभागिहरुलाइ तालिम प्रदान गर्नुभएको थियो ।
तालिममा सहाभागिहरुलाइ कार्यक्रम प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धरले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Back to top button