डिम्याट नभएकै कारण दोलखालीहरुलाई शेयरबाट वञ्चित गर्नुहुदैन : दोलखा काङ्ग्रेस

दोलखा । नेपाली काङ्ग्रेस दोलखाले डिम्याट नभएकै कारण दोलखालीहरुलाई  अपर तामाकोसिको शेयर बाट वञ्चित गर्न नहुने बताएको  छ । सोमबार नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्लानै निर्माण भएको स्वदेशी लगानीको सबै भन्दा ठुलो माथिल्लो तामाकोशी
जल विधुत आयोजनाले प्रभावित क्षेत्रबासीका लागि प्रदान गरेको हक प्रद्ध १:१ को अनुपातको शेयरलाई डिम्याट खाता नभएकै कारण अधिकांस दोलखा वासीहरु वञ्चित हुने अवस्था प्रति नेपाली कांग्रेस दोलखाको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
नेपाली कांग्रेस दोलखाले मिति २०८० जेष्ठ ९ गते नै प्रेश विज्ञप्ति मार्फत तत्काल गाँउ-गांउ, टोलटोलमा गएर डिम्याट खाता खोल्न लगाई खातामा अभौतिकिकरण गर्ने व्यवस्था मिलाउन जोडदार माग गरिएको कुरालाई वेवास्था गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

गएको श्रावण ९ गते प्रमुख जिल्ला अधिकारीको सभापतित्वमा दोलखा जिल्लाका सबै राजनीतिक दलहरु, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यहरु, नगर तथा गाँउपालिका प्रमुखहरु, अपर तामाकोशी
आयोजनाका प्रतिनिधिहरु, पत्रकारहरु लगाएत सरोकारवालाहरुको सर्वपक्षीय बैठकले प्रत्येक
वडामा गई डिम्याट खाता खोल्ने व्यवस्था मिलाउने भनि गरिएको निर्णय समेतलाई वेवास्था गरिएको
र  हाल माथिल्लो तामाकोशी जल विधुत आयोजनाको प्राप्त सुचना अनुसार मिति २०५० श्रावण २५ गते सम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भई शेयर खरिद भई शेयर खरिद गर्ने शेयरधनीहरुले मात्र यस हकप्रद शेयरका लागी दरखास्त दिन पाउने निर्णय प्रति काङ्ग्रेस दोलखाले घोर आपत्ति प्रकट गरेको छ ।
सम्पुर्ण दोलखाबासीहरुले समान अवसर पाउनुपर्ने यस हकप्रद शेयरमा निश्चित व्यक्तिहरुको
स्वार्थ पूर्तिका लागि समग्र दोलखाबासीलाई नसमेटी रातारात अन्तिम मिति तोकी दोलखावासीहरुको अवसर कटौती गरेमा आन्दोलनमा जान दोलखाबासीहरु बाध्य हुने दोलखा काङ्ग्रेसले जनाएको छ ।
यसबाट  उत्पन्न हुने अवस्थाको सामना आयोजना स्वयंमले गर्नुपर्ने दोलखा काङ्ग्रेसले चेतावनी दिएको छ ।
तत्काल म्याद थप गरी प्रत्येक वडामा गई डिम्याट खाता खुलाउने व्यवस्था मिलाई सबै दोलखाली नागरिकले हकप्रद शेयर दरखास्त भर्न पाउने व्यवस्था मिलाई डिम्याट खाता खोल्न नभ्यायकाहरुलाई समेत शेयर खरिद गर्न पाउने व्यवस्था मिलाउन माथिल्लो
तामाकोशी जल विधुत आयोजना समक्ष काङ्ग्रेस दोलखाले जोडदार माग गरेको छ ।

Back to top button