स्थापना दिवसको अवसरमा प्रतिक्षालय निर्माण

दोलखा जिल्लाको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा प्रतीक्षालय निर्माण गरेको छ ।

संस्थाले ३१ औं स्थापना दिवस बिबिध कार्यक्रम गर्दै मनाउदै आएको यो वर्ष जिल्लाको बिगु गाउँपालीका वडा नम्बर ४ सिंगटी बजारमा प्रतिक्षालय निर्माण गरिएको सहकारीले जनाएको छ ।
मिलिजुली कालिञ्चोक साकोसले बिगत देखीनै सामाजिक कार्य गर्दै आएकोसंस्थाका कार्यकारी अधिकृत इश्वर न्यौपानेले बताउनुभयो ।संस्थाले आगामी दिनमा समेत विभिन्न सामाजिक कार्य गर्दै अगाडी बढ्ने योजना रहेको न्यौपानेले बताउनुभयो ।
संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले नवनिर्मित प्रतिक्षालयको संरक्षण गर्ने जिम्मा सिंगटी बजार बासीको समेत भएकाले प्रतीक्षालयको संरक्षण गर्न स्थानीयहरुलाइ अनुरोध गर्नुभयो । संस्थाले आगामी दिनमा यस्ता सामाजिक कार्यक्रमहरु समेत गर्दै संस्थामा आवद्ध शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई प्रविधि र मुस्कान सहितको सदस्य सेवा दिएको बताउनुभयो ।

Back to top button