दोलखाका पहिरो पिडितलाई आर्थिक सहयोग

चरीकोट, साउन २३ गते
दोलखाको गौरीशंकर गाउँपालिका –७ टोपाटारका पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ। नेपाली कांग्रेस दोलखाका नेता तथा कार्यकर्ताहरुले २ लाख ९४ हजार रुपिँया सङ्कलन गरेर पहिरो पिडितलाई सहयोग गरेका हुन ।
नेपाली कांग्रेस दोलखा नेता तारा कुमार खड्का,कुमार अधिकारी,सुबास लामा रमहेश काफ्लेको पहल संकलन गरिएको उक्त रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कांग्रेस दोलखा नेता जिपछिरिङ्ग लामा र कांग्रेस केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश प्रमुख सचेतक कुन्दन राज काफ्लेको उपस्थितिमा पीडित लाई हस्तान्तरण गरिएको दोलखा कांग्रेस युवा नेता सुवास लामाले बताउनुभयो ।
कांग्रेस नेताहरुको उपस्थितमा पहिरो पीडित यज्ञ बहादुर थामिका परिवारका घाइते ३ सदस्य को उपचारका लागि एक लाख २० हजार, पहिरोमा वेपत्ता भएका हरिबहादुर श्रेष्ठको परिवारलाई २० हजार रुपैया हस्तान्तरण गरिएको लामाले बताउनुभयो । बाकि रकम घटना स्थलमै पुगी वेपत्ता परिवार र विस्थापित परिवारलाइ सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो ।
गत साउन १८ गते बिहिबार साँझ गएको पहिरोमा परी दोलखको गौरीशङकर ७ टोपाटारमा ५ जना बेपत्ता भएका थिए भने ३ जना घाइते भएका थिए ।बेपत्ता भएका ५ जना मध्ये २ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता रहेका छन । घाईते भएका ३ जनाको राजधानी काठमाडौको राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
फोटो क्याप्सन

Back to top button