खाद्यान्न सहित आर्थिक सहयोग लिएर मेयर सुत्केरीको घरमै पुगे पछि..

चरीकोट, साउन २४ गते

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका १ शुस्माक्षमावतिकी सावित्री थामी उमेरले ३२ वर्ष पुग्नुभयो । उहाँका १० वर्षीय एक छोरी ,४ वर्षीय एक छोरा र ३ दिनका अर्का छोरा सहित ५ जनाको परिवार छ । सानै उमेर बिबाह भएका थामीका श्रीमान भरत थामी १४ वर्षका लागि कारागार चलान हुनुभएको छ । थामी कारागार चलान भएसगै उहाँहरुको परिवार बिचल्लीमा परेको छ ।
पहरे भन्ने बस्तिमा उहाँको भुकम्पको अनुदानमा बनेको घर र एक टुक्रा जग्गा भन्दा अरु केही छैन । मजदुरी गरेर जीवन चलाउदै आएको थामी परिवारको अहिले चरक आर्थिक अभाव भएको छ। ३ दिनकी सुत्केरी सावित्री थामी बाहिर भित्र बाहेक अरु केही गर्न सक्न्नु हुन्न ।सदरमुकाम चरिकोटबाट १३ किलोमीटर पक्की सडक २ किलोमिटर कच्ची सडकको यात्रा पछि उहाँको घर पुग्न सकिन्छ ।
शनिबार बेलुका ५ बजेतिर उहाँको घरमाथी एउटा गाडी रोकियो । घरमाथी गाडी रोकिएपछी सावित्रीका छोरा छोरी सडक तिर गाडी हेर्न थाले । झमझम साउने झरी परिरहेको थियो । त्यही झरिमा छाता ओडेर कोहि गाडिबाट सामान झिकिरहेका थिए भने एक जना छाता ओडेर थामिको घर आउदै थिए । छाता ओडेर आउने ब्यक्ति अरु कोहि नभएर भिमेश्वर नगरपालिकाका मेयर इश्वर मानन्धर हुनुहुन्थ्यो ।
अर्थिक अभावका कारण बिचल्ली परेका ३ दिने सुत्केरी थामीलाई भेट्न मानन्धर खाद्यान्न र नगदसहित उहाँको घरमा पुग्नुभएको हो । चार बोरा चामल , ५ केजि दाल, ४ लिटर तेल, १० केजि चिउरा ,नुन लगायतका खाद्यान्न सामाग्री लिएर सुत्केरी भेट्न उहाँको घरमा पुग्नु भएका मानन्धरले आवश्यक बस्तुहरु किनेर खान नगद ४ हजार रुपियाँ समेत थामी परिवारलाई हस्तान्तरण गर्नुभयो ।
सहयोग हस्तान्तरण मेयर उहाँले आर्थिक अभाव कै कारण कसैको गाँस नटुटोस भन्ने उदेश्यले सहयोग गरेको बताउनुभयो । नगरपालिकाले थामिलाइ पहिले पनि नगद १० हजार रुपैयाँ दिएको बताउनुहुदै सावित्री थामी सुत्केरी भएको थाहापाउने बितिकै सहयोग लिएर उहाँको घरमै आइपुगेको उहाँले बताउनुभयो ।

सहयोग बुझ्दै थामिले घरमा कमाउने कोही नहुँदा विहान बेलुकी छाक टार्न हम्मेहम्मे परेको बताउनुभयो । मजदुरी गर्ने अवस्था छैन अरु सग मागेको खाद्यन्नले परिवारको गुजारा चलाउदै आएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो‘ हाम्रो परिवार निकै संकटमा छ। संकटबाट मुक्ति दिलाउने अहिलेसम्म कोहि भेटिएको छैन्। उहाँले भन्नुभयो आफु सुत्केरी छु , गर्न केहि सक्दिन, घरमा खाने अन्न छैन, छोराछोरी सानै छन कसरी जिवन चलाउनु । उहाँले आखा बाट आँसु खसाल्दै भन्नुभयो , आम्दानीको श्रोत केही छैन । भएका ३ सन्तान कसरी हुर्काउनु ?
घरमा सहयोग गरिएको चामल,चिउरा तेल देखेपछि ४ वर्षिय छोराले आमा साबीत्री थामीलाई सोध्नुभयो ममी हाम्रो घरमा पनि पसलको जस्तै सामान भयो नि, छोराको यस्तो कुरा सुनेर साबीत्रीले आँखाभरि आँश बनाउनुभयो ।

 

Back to top button